नखाई दिए पुग्छ रत्न प्रसाद अनामणि श्रेष्ठ , नाला ,काभ्रे


निचोरेर यादहरु

रक्सीले पखाल्न मन लग्यो

तर पखाल्नु भन्दा

खानु मज्जा पो होकी ?

यस्तै रुमल्दै अनायास

तिम्रो बहादुरी देखें

चुल्लो चुल्लोमा ग्याँसका

पाइप लाईनहरु

अनि एकै वर्षमा

अनिंदो रातहरु झिलिमिली

मृत्यु हत्केलामा राखेर

तुइन पार गरेका भविष्यहरु

कयौं कयौं टुक्का बाजेका

यादहरुलाई फेरी फेरी

सम्झिन मन लग्यो

सम्झिन त झनै मज्जा

आउँदो रहेछ /

कहिल्यै कहिँ

सम्झेर जिउनु पनि

पर्दो रहेछ  त्यसैले हिजो आज

भूकम्पीय छाप्रोहरूमा

तिम्रो बडेमानको फोटो राखेर

दिन काट्दैछु /

भो मलाई चाहिएन

बिदेशी सहायताहरु

भो मलाई चाहिएन

सुहुलियत ऋणहरु

मात्र मेरो नाममा तिमीले

नखाई दिए पुग्छ

बस्

नखाई दिए पुग्छा

********************

           

anamani ratna

रत्न प्रसाद अनामणि श्रेष्ठ

यसमा तपाइको मत