‘बिल गेट्स पण्डित’मा पैसामुखी समाजलाई व्यंग्य


29022016101356drama-1-1000x0
हरेकको आ–आफ्नो दर्शन हुन्छ । दर्शन अनुसार मान्छेले जीवनको लय र ध्येय समात्छ । कसैलाई पैसा कमाउनु नै सबथोक हुन्छ भने कोही पैसालाई रौँ बराबर महत्त्व दिँदैनन् । तर, हाम्रो सामाजिक नियति कस् तो छ भने धनलाई सफलताको मानक मानिन्छ । जति धेरै धन कमायो, त्यति धेरै माया र मानसम्मान । पैसै छैन भने त अस्तित्व जोगाउनै मुस्किल पर्छ । भलै त्यही मन भरिएको तर धन नभएको जीवनमा बढी सन्तुष्टि पाइएको किन नहोस् ।

अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक बिल गेट्स पण्डित त्यस्तै अभागीको कथा हो, जसले जसरी पनि पैसै कमाउको सूत्रलाई शिरोधार्य नगर्दा आफन्त र समाजबाट तिरस्कृत हुनुपरेको छ । लेखक तथा निर्देशक सुलक्षण भारतीले अन्तरमन खुस हुँदा पनि बाहिरियाले मानसिक तनावमा फसाएको पात्रलाई मञ्चमा उतारेका छन् ।

छोराले टन्न पैसा कमाओस् भनेर बाबुले धनप्रसाद पण्डित (विजय बराल) नाम राखिदिन्छन् । समयक्रमसँगै धनप्रसादले नाम परिवर्तन गरेर बिल गेट्स राख्छ । तर विडम्बना ! उसलाई पैसाप्रति रत्तिभर मोह पलाउँदैन । नाटक भनेपछि मरिहत्ते गर्छ । भिन्न–भिन्न पात्रलाई जीवन्तता दिन रुचाउँछ । कविता लेख्छ । तर, उसलाई निकै माया गर्ने प्रेमिका आराधना (सिर्जना अधिकारी) उसको यस्तो कलाप्रेमले दिक्क हुन्छे । आराधनाको दाजु (सोमनाथ खनाल)ले त बिल गेट्सलाई झन् उल्लीबिल्ली पार्छ । पटक–पटक उसको आत्मसम्मानमा ठेस पुर्‍याउँछन् । खासमा बिल गेट्सको जीवनशैली र दर्शन रुचाउने कोही हुँदैनन् । चौतर्फी अपहेलनाले नाटक खेल्न, लेख्न र निर्देशनमा दिलचस् पी राख्ने बिल गेट्स मानसिक विचलनको सिकार हुन्छ ।

समाजका अनेक आयाम र सोचाइहरूको प्रतिविम्ब हो बिल गेट्स पण्डित । पैसालाई प्रधान मान्ने घटिया मनोवृत्तिले निर्दोष व्यक्तिलाई कसरी यातना दिन्छ भन्ने मिहिन ढंगबाट केलाएका छन्, निर्देशक सुलक्षणले । यथार्थको धरातलमा उभिएर लेखिएको यसको विषयवस् तु अग्र्यानिक छ । कथावाचनको शैली पनि कलात्मक छ ।

मञ्चमा कुनै पात्र हाँस् दैनन्, सबैले कि त बिल गेट्सलाई होच्याउँछन्, कि त किचकिच गर्छन् । तैपनि, अन्तिम १० मिनेटबाहेक सवा घन्टाको यस नाटकमा दर्शकले हाँस्ने ठाउँ प्रशस् त पाउनेछन् । पात्रको मनोविज्ञान केलाएर तयार पारिएको परिस्थति र चोटिला संवादले झिजो गराउँदैन । बच्चा जन्मेको, भगवान्प्रतिको आस्था र घृणा अनि बिरामीको मनोविज्ञान कलात्मक शैलीमा पोखिएको छ । चरित्र प्रधान नाटक भएकाले हुनुपर्छ, बिल गेट्सबाहेक सहायक पात्र बलिया छैनन् । सिर्जनाकी दिदी बनेकी केनिपा सिंहको चरित्रले नाटकको मूल कथासँग खास सरोकार राख्दैन ।

विजयको जीवन्त अभिनय नाटकको सशक्त पक्ष हो । कमेडी भूमिकामा जमेका विजयले यसपटक आफ्नो अभिनय क्षमताको नयाँ पाटो उघारेका छन् । उनको चरित्र बनोट र प्रस्तुति यति दमदार छ कि अन्य पात्रले हेला गर्दा पनि दर्शकको मन जित्न सफल हुन्छन् । उनकी प्रेमिका र पत्नी बनेकी सिर्जनाको शारीरिक हाउभाउ, बोल्ने शैली र लुक्स पात्र सुहाउँदो छ । सोमनाथ खनाल, कुशल पाण्डे, आर्जेश रेग्मीलगायतका कलाकारले पनि आफूलाई दिइएको भूमिकामा न्याय गरेका छन् ।

बिल गेट्स पण्डित कुनै उत्कृष्ट नाटक होइन, क्यानभास पनि फराकिलो छैन । यो त केही थान सामान्य सपना साँचेको एउटा सामान्य पात्रको, त्यो पनि असफलताको कथा हो । अझ मुख्य पात्र त आफैँ पो हुँ कि जस् तो आभास हुन्छ ।

नाटक सोमबारबाहेक हरेक दिन ३० फागुनसम्म मञ्चन हुनेछ ।

यसमा तपाइको मत