इक्यानको बस्नेत समूहले उम्मेदवारी घोषणासँगै संघको भावी कार्यक्रमका कार्यपत्रहरु सार्वजनिक


काठमाडौं । अस्ति बेलुका ६ बजेबाट शुरु भएको इक्यानको १२औं महाधिवेशनको तयारीमा बस्नेत समूहले उम्मेदवारी घोषणासँगै संघको भावी कार्यक्रमका कार्यपत्रहरु सार्वजनिक गरेको छ । २४ बुँदे घोषणापत्रमा “२४ महिना २४ काम सही नेतृत्व, साझा इक्यान” भन्ने उद्घोष सहित कार्यक्रम शुरु भएको थियो । शैक्षिक परामर्श संघमा आबद्ध सदस्य संख्याहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमलाई आकर्षण बनाउन नयाँ प्रविधिहरुको प्रयोग, नयाँ कार्यशैली, नेपाली मौलिक संस्कारको सम्झना गराउने गरी संस्कृत पढेर सुनाइएको थियो र क्रमश उम्मेदवारहरुको समूहगत रुपमा नाम सार्वजनिक गरिएको थियो । अध्यक्षमा सरोेजकुमार बस्नेत, उपाध्यक्षहरुमा राजेन्द्र रिजाल, महेशवावु तिमिस्लिना, उमेश ढुंगेल, महासचिव सन्तोष प्याकुरेल, सचिवहरु ज्ञानेन्द्रमान जोशी, विक्रम केसी, कोषाध्यक्ष सूर्यबहादुर डाँगी, सहकोषाध्यक्ष राकेश श्रेष्ठ, सदस्यहरुमा प्रशान्त शाह, मनिराम राउत, दिपक कोइराला, सुनिता श्रेष्ठ, नवराज खत्री, हरिराम लामिछाने, सुवित श्रेष्ठ, इन्जिनियर मनोरथ शाह रहेका छन् । केही दिन अगाडि अर्को समूहले पनि सोही स्थानमा आफ्नो समूह सार्वजनिक गरेको थियो ।
सरोज कुमार बस्नेत समूहको कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरुले सरोज कुमार बस्नेत समूहमा अनुभवी, दक्ष र व्यवसाय बुझेका व्यवसायीहरु रहेको र बस्नेत समूहलाई निर्वाचन जिताउँदा व्यवसायीहरुको हित हुने अभिव्यक्ति दिएका थिए ।

यसमा तपाइको मत