गाऊँटोलमा पुस्तकालय,घरघरमा पुस्तकालय भन्ने मुख्य नाराका साथमा सुरु गरिएको विशुद्ध सामाजिक साहित्यसेवामूलक पुस्तकालय अभियान ‘साब्लाबुंग पुस्तक हस्तान्तरण’ कार्यक्रमको चौथो चरण काभ्रेको विकट गाऊँ रोशी गाऊँपालिकाको मंगलटार रसवस विन्धवासीनी मा.विमा सुसम्पन्न भयो | अभियानको अध्यक्छे राज कुमार राई ,उपाध्यक्छे ग्यान्दरी कैनी,सदस्य संगीता राई,बाल कथाकार देबकी केशी,साहित्यकार /गायक तथा पत्रकार निर्मल पुरी ‘भोगी’को ऊपस्थितीमा सुसम्पन्न कार्यक्रममा ऊक्त विद्यालयलाई बाल साहित्य,कबिता.आख्यान,गजल,लगायतका बिभिन्न बिधामा गरी करिब १६०० पुस्तक प्रदान गरियो | यसभन्दा अघिको चरणहरुमा भोजपुर नेपालेडाँडाको शान्त मा.विलाई करिब २००० प्रति,संखुवासभा चेवा जालपा मा.विलाई करिब२००० प्रति र मंगलादेवी प्रा.विलाई गैरीपांगलाई करिब ८०० प्रति पुस्तक हस्तान्तरण सम्मपन्न भईसकेको जानकारी अभियन्ता राजकुमार राईले दिनुभयो ऊहाँको बिचारमा एकेडेमीमा ,स्टेसनरीमा पुस्तक थन्क्याएर राख्नुभन्दा अभियानलाई सहयोग गर्नुभएमा कुनैपनि पुस्तक शहरमा बोतल कागजलाई बेचिनबाट जोगिएर विकट गाऊँमा सरस्वतीको नाममा पुजिन पुग्दछ र नबुझेकाले बुझ्न ,पढ्न र केहि सिक्न पाऊँछन् भन्ने रहेको छ|
शैछिक संस्थामा पुस्तकालय
- -निर्मल पुरी



