काठमाडौंको नयाबानेस्श्वोर श्स्थित ग्लेसियरस्कुल कलेजले अनलाइन कक्षा सुरु गरेको छ कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउन भएपछि अनलाइन कक्षा सुरु गरेको हो ।
नयाँ शैक्षिक सत्र सुरु हुन नसकेको अवस्थामा विद्यार्थीको पठनपाठलाई निरन्तरता दिन विद्यालयले १२ दिन अगाडिबाट अनलाइनबाट कक्षा सुरु गरेको हो ।
कक्षा ११ ,१२ तथा १ देखि ८, ९, १० र एसईईको तयारी गरिरहेका विद्यार्थीका लागि अनलाइन कक्षा सुरु गरिएको बिज्ञान शैक्षिक संयोजक ( science co ordinator ) गोपाल बहादुर महतले जानकारी दिनुभयो ।
अनलाइन कक्षा सञ्चालनका साथ साथै
विद्यालयले चित्रकला, हस्तलेखन, थ्रीडीआई भिडियो प्रोजेक्ट, निबन्ध लेखन प्रतियोगिता छिट्टै सञ्चालन गरेर विद्यार्थीहरूलाई सहभागी हुन प्रोत्साहित गर्ने छ ।
विद्यार्थीलाई घरायसी व्यावहारिक काम सिक्न र संलग्न हुन उत्साहित गर्ने उद्देश्यले त्यस्ता काममा संलग्न भएको भिडियो विद्यालयको फेसबुक पेजमा प्रसारण गर्ने गरेको छ ।
काठमाडौंको मुख्य क्षेत्रमा रहेको पुरानो यस कलेजमा कक्षा मन्तेसोरी देखि डिग्री सम्मका कक्षा संचालन भैरहेका छन । र मन्तेसोरी देखि ९ कक्षा सम्मको नया भर्ना अनलाइन बाट लिने बेवास्ता पनि गरेको कुरा बिध्यलय प्राचार्य दिवस शक्यले जानाकारी दिनु भयो ।


