नेपाल आंशिक प्राध्यापक संघ प्रेस बिज्ञप्ति निकाली आफ्नो माग पूरा गराउन दवाब दिएको छ ।प्रेस बिज्ञप्तिको पुर्ण पाठ
मिति २०७७।६।३ /प्रेस विज्ञप्ती
नेपाल आंशिक प्राध्यापक संघको छैठौं राष्ट्रिय सम्मेलन मिति २०७७÷०५÷२७ गते सम्पन्नभई चन्द्रवदना राईको संयोजकत्वमा ३१ सदस्या त्रि.वि. आंशिक प्राध्यापक संघको गठन भएको सर्वविधितै छ । यस नव निर्वाचित कार्य समितिको उक्त सम्मेलन सफल पार्नु हुने सम्पूर्ण त्रिभुवन विश्वविद्यालयका नेपाल प्राध्यापक संघ, त्रि.वि. प्राध्यापक संघ, नेपाल प्रगतिशिल प्राध्यापक संगठन, नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संगठन र उक्त कार्यक्रममा सहभागी हुनभएका प्रमुख अतिथिज्यु, अतिथिज्युहरु, पत्रकारज्युहरु, सम्पूर्ण क्याम्पस ईकाई समितिहरु तथा सम्पूर्ण आंशिक प्राध्यापकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
यस कार्य समितिले देशभरका त्रि.वि.का आंशिक प्राध्यापकहरुका समस्या समधान गर्नका लागि सदैव कटिवद्ध हुने प्रतिवद्धता जाहेर गर्दछ ।
त्रि.वि.ले हाम्रा मागहरु पूरा नगरेको कारणले हाम्रा आन्दोलनका कार्यक्रमहरु अघि बढाउन हामी बाध्य छौं। त्यसकारण तपशिल बमोजिमका हाम्रामागहरु तत्काल सम्बोधन गराई व्वस्थापन गर्न जोडदार माग गर्दछौं।
हाम्रा मागहरु ः
१) त्रि.वि. अतिरिक्क्त कक्षा ब्यबस्थापनको निर्देशिका २०७७ खारेज गरियोस्,
२) नेपाल आंशिक प्राध्यापक संघसँग विगत विभिन्न समयमा भएका विभिन्न सम्जौताहरु तत्काल कार्यन्वयन गरियोस्,
३) त्रि.वि. अन्तर्गत आंङ्गिक क्याम्पसहरुमा प्राध्यापनरत एक शैक्षिक सत्र पुरा गरेका र त्रि.वि. ले तोकेको न्युनतम कक्षाभार लिएका आंशिक प्राध्यापकहरुलाई तत्काल करार गरियोस् ।
यसै सन्दर्भमा त्रि.वि. आन्तरिक कक्षा व्यवस्थापन निर्देशिका २०७७ का कारणले देश भरका त्रि.वि. आंङ्गिक क्याम्पसका आंशिक प्राध्यापकहरु आतंकित भएको वर्तमान अवस्थामा सो निर्देशिका खारेज नभएसम्म हाल जारी आन्दोलन स्थगित गर्ने अवस्था नरहेको जानकारी गराउदछौं । त्यस्तै यस संगठनले प्रस्तुत गरेका मागहरु त्रि.वि. बाट आजका मितिले ७ दिन भित्र सम्बोधन नभएमा यस संघले थप शसक्त आन्दोलन गर्ने व्यहोरा समेत जानकारी गराउदछौ उक्त आन्दोलनहरुबाट उत्पन्न हुन जाने बिषम परस्थितिको जिम्मेवारी त्रि.वि. स्वयं हुने ब्यहोरा अवगत गराउदछ ।


