यानुकीको कैलाश यात्रा लोकार्पण


काठमाडौँ, असोज २४ गते ।
लेखक यानुकीराज थपलियाले २०७६ भदौ २५ देखि गरेको ७ दिने तिब्बतको कैलाश मानसरोवर तीर्थको यात्रा वर्णन गरिएको कविता तथा गीति काव्य ‘कैलाश यात्रा’ को लोकार्पण गरिएको छ । पुस्तकको लोकार्पण टोखा नगरपालिका ११ नं. वडाका अध्यक्ष उत्तम अधिकारीको प्रमुख आतिथ्यमा डा.सत्यराज थपलिया, योग गुरू केदारनाथ पाठक, नगरकार्यपालिकाका सदस्य बच्चुराम बस्याल, पूर्व प्रशासक होमनाथ थपलिया लगायतले संयुक्त रूपमा गर्नुभएको थियो ।
सामान्य लेख, पढ भएका कृषक यानुकीराज आफ्नो व्यस्त समयका केही समय निकालेर विभिन्न धार्मिक कार्यक्रमहरूमा खैँचडी भजनसहित सहभागी हुन पुग्ने, दुःख–अप्ठेरोमा परेकालाई सहयोग गर्न चौबीसै घण्टा खट्न सक्ने, विभिन्न धार्मिक तथा तीर्थस्थलहरूको भ्रमण गरेर यात्रामा लाग्ने समय, खर्च र अप्ठेराहरूलाई सहेर त्यहाँको बारेमा लेख्ने र पुस्तक प्रकशन गर्ने उहाँको मुख्य विशेषता नै हो, पुस्तकमा केही शुद्धाशुद्धिगत त्रुटिहरू रहे पनि समग्रमा पुस्तक प्रकाशन गर्नु नै महान कर्म हो, भन्नुहुँदै प्रमुख अतिथि अधिकारी, डा.थपलिया, योगगुरू पाठक, कार्यपालिकाका सदस्य बस्याल, पूर्व प्रशासक थपलिया, टोखा १० नं. वडाका अध्यक्ष मधुसूदन पाण्डेले शुभकामनासहित आफ्ना धारणहरू राख्नुभएको थियो । हाम्रो तपोभूमिको आध्यात्मिक तथा धार्मिक क्षेत्रको वर्णन र व्याख्या गरेर लेखिएको ‘कैलाश यात्रा’ काव्यमा ४ खण्डसहित झण्डै १४० श्लोक रहेका छन् ।

यसमा तपाइको मत