स्रष्टा परिचय / रमेन्द्र काेइराला


स्रष्टा परिचय:- लघुकथाकार रमेन्द्र काेइरालाकाे जन्म बि.सं २०२१ असार २१ गते बबिया १ सुन्सरीमा पिता कपिल मुनि र माता दिब्यमाया काेइरालाकाे सुपुत्रकाे रूपमा भएकाे थियाे। उहाँले M. ED, MA, BL सम्मकाे शिक्षा हासिल गरि हाल सरस्वती मा.बी इनरूवा ९ र सुन्सरी क्याम्पसमा प्राध्यापन गर्नुहुन्छ।उहाँकाे पहिलाे प्रकाशित रचना” सन्देश ” कविता २०४०/१३/१९ मा समचार जगत साप्ताहिक इनरूवामा छाँपिएकाे थियाे। ” बीस कराेड रूपियाँ ” उपन्यास – २०६१, SLC नेपाली ब्याकरण २०६४, अन्तर्रमनका तरंगहरू कविता संङ्ग्रह-२०७०,शुन्यमा बिलाएकाे जीवन कथा संङ्ग्रह-२०७६ प्रकाशित कृतिहरू हुन। उहाँ लघुकथा समाज प्रदेशनं १ का सदस्य र सप्तरंगी साहित्य प्रतिष्ठान का अध्यक्ष हुनुहुन्छ। झण्डै एक दर्जन जति साहित्यिक संघ संस्थामा अाबद्व रमेन्द्र काेइराला ज्यू ले विभिन्न साहित्यिक तथा सामाजिक संघ संस्थाबाट सम्मानित र पुरस्कृत भैसक्नु भएकाे छ। अाज मैले उहाँले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई स्रष्टा परिचय सहित खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

यसमा तपाइको मत