बनेपा -४, उग्रचण्डी नाला चण्डेश्वरी उच्च मा.वि.मा सरस्वती मुर्तिको शिलान्यास

- स्थानीय सम्बादाता पन्चम सरकार ,बनेपा-४,काभ्रे


बनेपा ४ उग्रचण्डी नाला चण्डेश्वरी उच्च मा.वि.प्राङ्गणममा सरस्वतीको मुर्ति शिलान्यास गरिएको छ । सोही बिद्यालयका शिक्षक नाला निवासी श्री नेम कृण्ण श्रेष्ठ र कृष्ण माया श्रेष्ठ तथा उहाँको परिवारले स्थापना गरेको हो । आफ्ना स्वर्गीय पिता श्री नारायण बहादुर श्रेष्ठको स्मृतिमा उक्त मुर्ति स्थापना गरिएको हो ।

उक्त कार्यक्रममा स्थानीय ब्यक्तिहरु तथा बिद्यालयका शिक्षकहरुको उपस्थिति थियो । स्थानीय भगवती मन्दिरका पुजारी तथा समाजसेवी तान बहादुर कर्माचार्यले बिशेष पुजा गरि प्राण प्रतिस्थापन गरेका थिए ।

स्मरणीय यो छ कि मुर्ति बि.सं.२०७७ फागुन ४गते मंगल बार स्थापना भए तापनी कोरोनाको कारणले शिलान्यास हुनसकेको थिएन । उक्त मुर्तिका दाता सोही बिद्यालयका शिक्षक हुनु हुन्छ ।

सातौं शताब्दीका एतिहासिक सरस्वती मुर्ति नाला भिमशेन स्थानमाबाट चोरी पछि सोही स्थान स्थापना हुन नसकी उग्रचण्डी भगवतीको प्राङ्गणमा रहे तापनि यो मुर्ति स्थापनाले त्यस भेगका नागरिक खुशी नै रहेको खोज सम्बाददाताले जानकारि गराएको छ ।

यसमा तपाइको मत