इलेन मेमोरियल स्कुलले अभिभावक एवम विद्यार्थीहरुको मन जित्न सफल

- सुर्य दनुवार राई, काठमाडौं


इलेन मेमोरियल स्कुलले छोटो समयमै सयौ अभिभावक एवम विद्यार्थीहरुको मन जित्न सफल भएको छ ।

बि.स २०६७ सालमा काठमाडौको नागर्जुन नगरपालिका –५ मा स्थापना गरिएको इलेन मेमोरियल स्कुलले १८ जना विद्यार्थी लिएर पठनपाठन शुरु गरिएकोमा अहिले ५५० भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । शान्त, स्वाच्छ  रमणीय र पुर्ण पारिवारिक बाताबरणका साथ मन्टेश्वोरी देखि कक्षा १२ सम्म रहेको पठन पाठन हुँदै आएको छ । अनुभवि तथा दक्ष शिक्षक–शिक्षिकाहरुबाट पठन पाठन गरिनुका साथै प्रयोगात्मक सिकाइमा स्थानीयहरुको पहिलो रोजाइमा पर्न सफल भएको छ ।

received_1863870773821495.jpeg

कोरोना भाइरस कोभिड १९ का बेला समेत अनलाइन कक्षा बाट पठनपाठन सुचारु  गरी  हाल कक्षा ११ को लागि बिज्ञान संकाय, ब्यबस्थापन संकाय लगायतमा भर्ना अभियान समेत चलिरहेको प्रधानाध्यापक जयराम चापागाईंले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत