जैविक बिबिधता दिवस (May 22 )


 

जैविक बिबिधता संसक्षण गर्न नेपालमा खोलिएका विभिन्न क्षेत्रहरु निम्न प्रकार छन /

नेपालका राष्ट्रिय निकुञ्जहरू

देशको प्राकृतिक वातावरणको साथसाथै वन्यजन्तु, पशुपङ्क्षी, वनस्पति र भू-स्वरूपलाई संरक्षण गर्न व्यबस्थापन गर्न र प्रयोग गर्नका लागि छुट्याइएको निश्चित भू-भाग नै राष्ट्रिय निकुञ्ज हो। राष्ट्रिय निकुञ्ज,वन्यजन्तु आरक्षण तथा संरक्षण क्षेत्रहरूले नेपालको कुल क्षेत्रफलको करिव १९.७ प्रतिशत भाग ओगटेको छ ।

३०५ किमी (११८ वर्ग माइल)

४९९ किमी (१९३ वर्ग माइल)

सगरमाथा राष्ट्रिय निकुञ्ज ११४८ वर्ग किमी बि.स.२०३२ सोलुखुम्बु
लाङटाङ राष्ट्रिय निकुञ्ज १७१० वर्ग किमी बि.स.२०३२ रसुवासिन्धुपाल्चोक र नुवाकोट
मकालु बरुण राष्ट्रिय निकुञ्ज १५०० वर्ग किमी बि.स.२०४९ सङ्खुवासभा र सोलुखुम्बु
रारा राष्ट्रिय निकुञ्ज १०६ वर्ग किमी बि.स.२०३२ मुगु र जुम्ला
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज ३५५५ वर्ग किमी बि.स.२०४० मुगु र डोल्पा
खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्ग किमी बि.स.२०४२ बझाङबाजुराडोटी र अछाम
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज १४४ वर्ग किमी बि.स.२०५८ काठमाडौंनुवाकोट र सिन्धुपाल्चोक
चितवन राष्ट्रिय निकुञ्ज ९३२ वर्ग किमी बि.स.२०३० चितवननवलपरासीमकवानपुर र पर्सा
बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्ग किमी बि.स.२०३२ बर्दिया
१० बाँके राष्ट्रिय निकुञ्ज ५५० वर्ग किमी बि.स.२०६७ बाँकेसल्यानदाङ र बर्दिय

 

प्राकृतिक सम्पदा तथा जैविक विविधताले भरिपूर्ण भएको मुलुक हो नेपाल । वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीलाई संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने उद्देश्यले वि.सं. २०३७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्थापना भएको थियो । नेपालमा रहेका विभिन्न वनस्पति, वन्यजन्तु, भू–दृश्यहरूको संरक्षण, संवद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत १२ राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष, १ सिकार आरक्ष र ६ संरक्षण क्षेत्र छन् । ६ वटा संरक्षण क्षेत्रमध्ये ३ वटा राष्ट्रिय प्रकृति संरक्षण कोषले, २ वटा नेपाल सरकारले र एउटा स्थानीय बासिन्दाले नै संरक्षण र व्यवस्थापन गर्दै आएका छन् । यहाँका लोपोन्मुख वन्यजन्तुहरू राष्ट्रका सम्पत्ति हुन् । यिनको संरक्षण तथा व्यवस्थापन गर्दै पर्यापर्यटन बढाउने लक्ष्यसहित सरकारले कार्यक्रम अगाडि बढाइरहेको छ । मध्यपहाडी क्षेत्र पनि जैविक विविधताको संवेदनशील क्षेत्र बन्दै गएको भन्दै थप संरक्षित क्षेत्र विस्तार गर्ने तयारीमा राज्य लागेको छ । तर, सामुदायिक वन उपभोक्ता महासंघलगायतका सरोकारवाला विरोधमा उत्रिएका छन् ।

वन्यजन्तु आरक्षहरू

वन्यजन्तु आरक्षहरु
 
१. शुक्लाफाँटा वन्यजन्तु आरक्ष (३०५ वर्ग किलोमिटर) – बि.सं. २०३१ – कंचनपुर
 
२. कोशी टप्पु वन्यजन्तु आरक्ष (१७५ वर्ग किलोमिटर) – बि.सं. २०३२ – सुनसरी
 
३. पर्सा वन्यजन्तु आरक्ष (४९९ वर्ग किलोमिटर) – बि.सं. २०४१ – मकवानपुर र पर्सा
 
शिकार आरक्ष
 
१. ढोरपाटन (१३२५ वर्ग किलोमिटर) – बि.सं. २०४१ – मकवानपुर, रुकुम र म्याग्दी
 
संरक्षण क्षेत्रहरु
 
१. अन्नपुर्ण संरक्षण क्षेत्र (७६२९ वर्ग किलोमिटर) – बि.सं. २०४९ – म्याग्दी, मनाङ्ग,लमजुङ्ग ,मुस्ताङ र कास्की
 
२. कन्चनजङघा संरक्षण क्षेत्रव (२०३५ वर्ग किलोमिटर) – बि.सं. २०५४ – ताप्लेजुङ
 
३. मनासलु संरक्षण क्षेत्र (१६६३ वर्ग किलोमिटर) – बि.सं. २०५५ – गोरखा
 
४. कृष्णसार संरक्षण क्षेत्र (१५.९५ वर्ग किलोमिटर) – बि.सं. २०६५ – बर्दिया
 
५. अपि नाम्पा संरक्षण क्षेत्र (१९०३ वर्ग किलोमिटर) – बि.सं. २०६६ – दार्चुला
 
६. गौरीसंकर संरक्षण क्षेत्र (२१७९ वर्ग किलोमिटर) – बि.सं. २०६६ – रामेछाप, दोलखा र सिन्धुपाल्चोक


मध्यवर्ती क्षेत्र
 एक तटस्थ क्षेत्र हो जुन दुई वा सो भन्दा बढी जमिनको बीचमा हुन्छ। यो सामान्यतया देशहरूसँग सम्बन्धित हुन्छ। मध्यवर्ती क्षेत्र कुनै एक क्षेत्रलाई अलग गर्न वा तिनीहरूलाई मिलाउने गरि दुई प्रकारको हुन्छ। सामान्य प्रकारका मध्यवर्ती क्षेत्रहरू असैनिकीकृत क्षेत्रहरू, सीमा क्षेत्रहरू र निश्चित प्रतिबन्धात्मक सहज क्षेत्रहरू र हरियो बेल्टहरू हुन्। त्यस्ता क्षेत्रहरू मध्यवर्ती क्षेत्र गठन गर्न एक सार्वभौम राज्यद्वारा समावेश हुन सक्छ।

राजनीतिक वा अन्य प्रयोजनको लागि मध्यवर्ती क्षेत्र बनाइएका हुन्छन्। हिंसा रोक्न, वातावरणको रक्षा गर्न, आवासीय र व्यावसायिक क्षेत्रहरूलाई औद्योगिक दुर्घटना वा प्राकृतिक प्रकोपहरूबाट जोगाउन, वा पृथक जेलहरू स्थापना गर्नको लागि मध्यवर्ती क्षेत्र बनाइने गरिएको छ।

1 निकुञ्जहरु :- १० वटा
2 आरक्षहरु :- ४ वटा
3 संरक्षण क्षेत्र :- ७ वटा
4 मध्यवर्ती क्षेत्र :- १२ वटा
5 नेपालको सबैभन्दा ठुलो घाँसे मैदान कुन हो ?–
शुक्लाफाँटा घाँसे मैदान
6 सबैभन्दा ठुलो आरक्ष कुन हो ?– ढोरपाटन
7 नेपालको सेनारहित एकमात्र संरक्षण क्षेत्र कुन
हो ?– मकालु वरुण संरक्षण क्षेत्र
8 नेपालमा सर्वप्रथम स्थापना भएको
राष्ट्रीयनिकुञ्ज कुन हो ?– चितवन राष्ट्रीय
निकुञ्ज
9 नेपालको सबैभन्दा ठुलो राष्ट्रीय निकुञ्ज कुन
हो ?– शे-फोक्सुण्डो राष्ट्रीय निकुञ्ज
10 नेपालको सबैभन्दा सानो राष्ट्रीय निकुञ्ज
कुन हो ?– रारा राष्ट्रीय निकुञ्ज
11 विश्वको सर्वच्चो स्थानमा रहेको
राष्ट्रीय निकुञ्जकुन हो ?– सगरमाथा
राष्ट्रीय निकुञ्ज
12 विश्वमा सबैभन्दा बढी गैडा कुन देशमा
रहेकाछन ?– दक्षिण अफ्रीका(७३%)
13 विश्वमा लोप हुन लागेका वन्यजन्तुहरुको
सूचीप्रकासन गरिने प्रतिवेदनलाई के भनिन्छ ?–
रेड डाटा बुक
14 संसारको सबैभन्दा सानो चरा कुन हो ?–
बी हमिङ बर्ड
15 नेपालमा सबैभन्दा बढी प्रजातिका
चरा,पुतली र माछा पाइने उपत्यका कुन हो ?–
अरुण उपत्यका
16 विश्वको कुन नदिमा माछा पाइदैन ?–
जोर्डन
17 विश्वमा हाल कति प्रजातिका बाघहरु
रहेका छन ?-६ प्रजातिका
18 वन्यजन्तुको अवैध व्यापर सम्बन्धीमहासन्धी
CITES को पुरा रुप के हो ?-Convention on
International Trade in EndangeredSpecies of
Flora and Fauna
19 हाँसलाई के को प्रतिक मानिन्छ ?–
न्यायको
20 नेपालमा हाल कति किसिमका
लाटकोसेराहरु पाईन्छन ?-१९ प्रजातिका
21 नेपालमा पहिलो बाघ गणना कहिले
गरिएको थियो ?– सन २००९ मा

यसमा तपाइको मत