समुत्थान्शील सामुदायिक होम स्टे (घरबास ) निर्माण कार्य तिब्र गतिमा

- रत्न प्रसाद अनामणि श्रेष्ठ


होम स्टे अंग्रेजी शब्द हो जसको अर्थ होम भनेको घर र स्टे  भनेको बास भन्ने शब्दबाट बनेको छ । स्थानिय स्तरमा रहेका बिबिध स्रोत साधनहरुको परिचालन गर्दै त्यहाबाटै उत्पादन भएका खाध्य पदार्थ प्रयोग गरि बनेका स्थानीय परिकार, रहन सहन ,चालचलन ,रितिरीवाज ,संस्कार र सँस्कृति नै होमस्टे हो । होमस्टेको आफनै छुटै भवन हुन पनि सक्छ वा आफु बस्ने घरमा नै केही कोठा छुट्याएर पाहुना राख्ने व्यवस्था गरेको पनि हुन सक्छ । तर यस समुत्थान्शील सामुदायिक होम स्तेमा करिब ५४ वटा छुताछुतै घरहरु हुनेछ। छुताछुटै घरहरुको स सानो तिन गाँउ हुनेछ।

स्थानीय जैविक विविधताको संरक्षण तथा पर्यापर्यटनको बिकास होस भन्ने उदेश्य अनुरुप यो समुत्थाशील सामुदायीक होमस्टे स्थापना गरिएको हो। भूगोलको पहिचानलाई बिशेष महत्व दिई एकै पटक झन्डै २०० पर्यटकलाई यस समुत्थान्शील सामुदायिक होम स्तेले सेवा पुर्याउन सक्छ। यस होमस्टेमा नेवारी, तामाङ्ग र गुरुङ समुदायबाट सञ्चालित रहेको छ ।  नयाँ पर्यटकिय गाँउको रुपमा बिकाश गरि नेपाल कै एक नमुनाको होम स्टे बनाउने लक्ष्य राखिएको छ।

यस सामुदायीक होमस्टे बागमती प्रदेशको नुवाकोट जिल्लाको शिवपुरी गाँउ पालिक वडा न. ७ , गुरुङ गाँउ क्षेत्रमा पर्दछ । बिशेष गरि दर्जन भन्दा बढी हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ। शान्त र हरियो वाताबरण अनि स्थानीय खानाले मनै लोभ्याउने छ।

५४ जना युवाहरुको आफ्नै क्षमता, लगानी र उद्यमशीलताले यस होम स्टे मलजल प्राप्त गर्ने छ जस बाट अरुले समेत प्रेरणाको स्रोत बनेछ। प्रत्येक घरमा सानो करेसा बारी केही लोभ लाग्दो फलफूलका बोटहरु रहने छ। यस होम स्टेबाट निस्केका फोहोर यहि बढी भन्दा बढी पुन प्रयोग गरिनेछ। केही होम स्तेमा पशु पालानको लागि ब्यबस्था गरिने छ। स्थानीय हस्ताकालालाई प्रबर्धन गरि बिक्री बितरण गरिने छ।

यसमा तपाइको मत