लाकोजूको नवीनतम कथा सङ्ग्रह सत्याग्रह प्रकाशीत


काभ्रे/ साहित्यकार सूर्यप्रसाद लाकोजूको नवीनतम कथा सङ्ग्रह सत्याग्रह प्रकाशन भएको छ ।

सत्याग्रहमा जम्मा एघारओटा कथाहरू रहेका छन । प्राय कथाहरू हुँदा खाने भूईँमान्छेका छन । उनीहरूको दुख, सङ्घर्ष , पीडा कथा भएर पोखिएका छन । त्यस्तै कथाहरूमा माया, प्रेमका सन्दर्भ पनि छन । सामाजिक संजालको दुरुपयोगका कारण जीवन बर्बाद भएको प्रसङ्ग पनि कथामा छन । राजनैतिक आस्था र विश्वासका कारण क्रान्तिमा होमिएका सपूतका योगदानको चर्चा पनि कथाहरूमा छन । सो कथासङ्ग्रह ट्रान्सवल्ड पब्लिकेशन काठमाडौले प्रकाशन गरेको हो ।

कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक , अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका तीन दर्जन साहित्यि कृतिहरू प्रकाशित छन् । कविता विधाका सशक्त कवि लाकोजूको यो कथासङ्ग्रह भने पहिलो कृति हो ।

यसमा तपाइको मत