
एन्टिना घनश्याम,काठमाडौ । नेसनल मोडेल इङ्लिस सेकेन्डरी स्कुलले आयोजना गरेको उपत्यकाब्यापी शिक्षक भलिवल प्रतियोगिता सम्पन्न भएको छ। काठमाडौको नेपालटारमा अवस्थित उक्त बिद्यालयले ‘स्वास्थ्यका लागि खेलकुद, शिक्षाका लागि खेलकुद’ भन्ने मुल नाराका साथ दोस्रो उपत्यकाब्यापी नेसनल मोडेल शिक्षक भलिबल प्रतियोगिता -२०८० को काठमाडौ नयाँबजारस्थित मनास्लु सेकेन्डरी स्कुल बिजेता बनेको छ भने उपबिजेता आयोजक नेसनल स्कुल र तृतीय गितान्जली सेकेन्डरि स्कुल भएको छ।
स्कुलका प्रिन्सिपल डि.एन. अधिकारीका अनुसार नेपालको राष्ट्रिय खेल भलिबलको बिकास गर्न राष्ट्रियताको भावना अभिवृद्धि गराउन र विभिन्न शैक्षिक संस्था र शिक्षकहरु बिच एकता मित्रता र सहकार्यको भावनालाइ मजबुत बनाउने उदेश्यले उक्त भलिबल प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।
भलिबल प्रतियोगिता २०८० असोज १ देखि ३ गतेसम्म बिद्यालयको भलिबल कोर्टमा खेलाइयको हो । प्रतियोगितामा उपत्यकाभरिबाट १६ वटा टिम लाई सहभागी गराइएको छ।
भलिबल प्रतियोगितामा प्रथम हुनेलाई खसी, मेडल, ट्रफी र सर्टिफिकेट, त्यसैगरी द्वितीयलाई बोका, मेडल, ट्रफी र सर्टिफिकेट तथा तृतीय स्थान हासिल गर्ने टिमलाइ एकजोडी कुखुराको भाले साथै मेडल, ट्रफी र सर्टिफिकेट दिइएको कार्यक्रमका संयोजक कमल प्रसाद पोखरेलले बताउनुभयो ।
खेलमा हाल स्कुलमा पढाई रहेका शिक्षकहरु (Marker Teacher) मात्रै सहभागि गरिएको छ । प्रतियोगितामा प्रथम चरणका खेल League Cum Knickout का आधारमा Best of Three अनुसार खेलाइने छ भने Final चरणका खेलहरु Best of Five अनुसार खेलाइएको प्रमुख रेफ्री अशोककाजी थापाले बताउनुभयो।
अशोज ३ गते सम्पन्न हुने यो प्रतियोगितालाई सयौ शिक्षक एबम हजारौं बिध्यार्थिहरुको उत्साहजनक उपस्थिति रहेको आयोजक स्कुलका प्रधानाध्यापक डि.एन अधिकारीले बताउनुभयो ।




