इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मंगलबार सार्वजनिक बिदा

- कृष्ण गोपाल श्रेष्ठ फसी


काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार सार्वजनकि विदा दिने निर्णय गरेको छ । सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको जानकारी दिइन् ।

बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताइन् । सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको उनले जनाए ।

यसमा तपाइको मत