
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दिपक कंडेलले उम्मेद्वारी दिने घोषणा लगत्तै उनको एसियाभरिका गैर आवसिय नेपालीहरू माझ चर्चा – परिचर्चा सुरु भएको छ ।
कंडेल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानमा सन् २०१५ मा सदस्यका रूपमा आएर दुई कार्यकाल सदस्य २०१९-२१ मा एसिया प्यासिफिक क्षेत्रीय समितिको युवा संयोजक र हाल सोहि समितिको उप संयोजकमा रहेर काम गरिरहेका छन ।
जापानमा क्रियाशील बहुकोट समाज जापानको वरिष्ठ उपाध्यक्ष समेत रहेका युवा व्यावसायी कंडेल जापानमा सामाजिक कार्य गर्नेमा परिचित व्यक्ति हुन । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका कंडेल सरल र मिजासिलो स्वभावका एनआरएनए अभियन्ताका रुपमा समेत चिनिन्छन ।
एनआरएनएमा तहगत समन्वयात्मक सहकार्यसहित युवा सहभागिता, सबैको अपनत्व भएको प्रविधिमैत्री दोश्रो पुस्ता समावेश एनआरएनए आजको आवश्यकतालाई कार्यान्वयन गर्नका लागि स्पष्ट योजना र कार्यक्रमसहित उप संयोजक पदमा उम्मेदवारी दिएको बताउने कंडेलले विगतमा आफूले पाएको जिम्मेवारी सफलताका साथ पुरा गरेकोले एसिया प्यासिफिकका डेलिगेट्सहरूले भरोसाका साथ मत दिनेमा विश्वस्त छन ।
‘म एशिया प्यासिफिकको युवा संयोजक हुँदा प्रवासी नेपालीको दोस्रो र तेस्रो पुस्तालाई नेपालसँग जोड्ने कड़ीको रूपमा रहेको एनआरएनए ग्लोबल वक्तृत्वकला प्रतियोगिता मेरो संयोजकत्वमा सफलताका साथ सम्पन्न गरेको छु । उप संयोजक पदका प्रत्यासी रहेका कंडेलले भने- नयाँ पुस्ताका कलिला किशोरकिशोरीहरुबाट सुरु गरेको पहिलो वक्तृत्वकला प्रतिस्पर्धामा सहभागीहरुको प्रस्तुति सुन्दा र हेर्दा हामीले नै डाहा गर्नुपर्ने अवस्था आईसकेको रहेछ।
हामीले नयाँ पुस्तालाई नेपाल र नेपाली अनि नेपालीका लागि नेपाली भन्ने नाराको अर्थ तथा एनआरएनएमा नसमेटने यस्ता कार्यक्रमले उत्प्रेरित गर्ने भएकोले यस्तै कार्यक्रमलाई नियमितता दिनका लागि आफ्नो उम्मेदवारी भएको दाबी गरे ।
एनआरएनएको मर्म र भावना अनुरुप व्यक्तित्व बिकास समेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपालप्रति सामिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने कंडेल बताए ।
संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन आफ्नो क्षमतालाई उपयोग गर्नका लागि एनआरएनएको अभियानमा रहिरहन पदीय जिम्मेवारी आवश्यक भएको भन्दै आफ्नो उम्मेदवारी फगत पद र प्रतिष्ठाको लागि मात्र नभएर एनआरएनएको संस्थागत सुदृढीकरणका लागि भएको भनाई छ ।
कंडेलले भन्छन् ” एसियाका सबै एनआरएनए डेलिगेटसहरुबाट एसिया प्यासिफिक उपसंयोजकमा समर्थन र मतको लागि हार्दिक अनुरोध गर्दछु।अबसर पाएको खन्डमा संस्थामा यो र त्यो नभनि एसिया प्यासिफिक संयोजकको निर्देशनमा उहाका कार्य योजनालाई इमान्दारिताको साथ पुरा गर्ने काममा निरन्तर लाग्नेछु।”
“प्रवासी नेपालीहरूको शारीरिक र मानसिक स्वाथ्य सचेतनालाई ध्यानमा राखेर भौतिक र भर्चुवल रूपमा सचेतनामूलक कार्यक्रम गर्ने आफ्नो अर्को मुख्य कार्यभार हुने उनले बताए ।



