
पनौती/ पनौतीकै पहिलो निजीस्तरबाट संचालित सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले आफ्नो ४० औं वार्षिकोत्सवको अवसरमा एस इ इ सम्मान , पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा २०७९ सालमा एस इ इ परीक्षामा उत्कृष्ट GPA ल्याउने आशा गुप्तालाई नगद सहित फूलमाला, टीका, मायाको चिनो दिएर सम्मान गरिएको थियो । त्यस्तै एस इ इ मा उत्कृष्ट नतिजा ल्याउने बिधार्थीहरूलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्री भण्डारीले सरल जहिले पनि राम्रो हुने बिचार व्यक्त गर्नुभयो । SLC र SEE मा उत्कृष्ट नतिजा ल्याउँदा पनि कतै उत्ताउलोपन नदेखाएको बिचार उहाँले पोख्नु भएको छ । कार्यक्रमका विशिष्ट अतिथि पनौती नगरका उपप्रमुख गीता बन्जाराले गुणात्मक शिक्षाका लागि सूर्योदय माध्यमिक बोर्डिङ स्कुलको प्रतिद्धता र सोही अनुसारको कामले नगरको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुगेको बताउनु भयो । बिधालयका प्रीन्सिपल सूर्यप्रसाद लाकोजूले अंग्रेजी माध्यममा पढाइने स्कुल विदेशी संस्कार सिकाउने थलो बन्न नहुने कुरा बताउनु भयो । त्यस्तै नगरको शैक्षिक स्तर बिकास गर्न सूर्योदयको भूमिका उल्लेखनीय रहेको विचार पनौती नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सबिन ताम्राकारले राख्नुभएएको थियो ।

कार्यक्रममा खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने छात्रछात्राहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बिद्यार्थीहरू गरिमा लामा, बिनिता लामा, पूर्व बिद्यार्थी असुमा सैजू , डा बिप्लब अधिकारी लगायतले आ आफ्ना मन्तव्य ब्यक्त गरेका थिए । सोही अवसरमा निशुल्क दन्त शिविर समेत संचालन गरिएको थियो ।



