मिडिया काउन्सिल विधेयकको नाम परिवर्तन


काठमाडौं । संसदीय समितिमा मिडिया काउन्सिल विधेयक- २०८० को नाम आम सञ्चार परिषद् विधेयक राख्ने सहमति जुटेको छ ।

मंगलबार राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफाबार छलफल भएको थियो । सोही बैठकमा मिडिया काउन्सिल विधेयकको नामलाई आम सञ्चार परिषद् विधेयक राख्ने सहमति जुटेको हो । समिति सदस्यहरूले मिडिया काउन्सिल नाम अंग्रेजीबाट भएको भन्दै नामलाई नेपालीकरण गर्न भनेर संशोधन प्रस्तावसमेत हालेका थिए  ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नामलाई नेपालीकरण गर्न सरकार तयार रहेको बताएका थिए । योसँगै मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राख्न सहमति जुटेको समिति सभापति जयन्तीदेवी राईले बताइन् ।

उनले अब परिवर्तित नाम अनुरुप बाँकी प्रक्रिया अगाडि बढाउने बताइन् ।

कृष्ण गोपाल श्रेष्ठ “फसी”

यसमा तपाइको मत