स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु


भक्तपुर। भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा मेलुङ गाँउपालिका – ४ घर भएकी २३ वर्षिय सुस्मा नेपाली रहेकी छिन्।

प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङ्गमा रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक नेपालीको घट्नास्थलमै मृत्यु भएको हो ।तीव्र गतिको ट्रकले करिब एक सय परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । चालकको शरिर क्षतविक्षत भएको  छ । घटनास्थलमा झोला र किताब–कापी भेटिएको थियो।

दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन् । घटनास्थलबाट शव पोष्टमर्टमको लागि महाराजगस्‍थित शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।
कृष्ण गोपाल श्रेष्ठ “फसी”

यसमा तपाइको मत