लालिना प्रभाव

- रत्न प्रसाद अनामणि श्रेष्ठ ,नाला बनेपा -४ ,काभ्रे


हिजो आज विश्वभर लालिना प्रभाव (La Lina Effect) बारे चर्चा भई रहेको छ। ला लिना प्रभाव वास्तवमा के हो त ? यसले, हामी पृथ्वी बासीलाई के कस्तो प्रभाव पार्दछ । यसबारे चर्चा गरौ । सन् २०२५ मा लालिना प्रभावले ठूलै तहल्का मनाउने भनेर समाचारहरु यत्रतत्र आइरहेका छन् । यस प्रभावले मौसमको तापक्रम असामान्य तरिकाले घट्‌ने अहिलेको तुलनामा चिसो अत्याधिक बढ्ने, कुनै कुनै स्थान‌मा निकै खडेरी लाग्ने जस्ता प्राकृतिक घटनाहरू हुने गर्दछ। वास्तवमा यो वर्षको अन्तिममा अथवा सन् २०२५ लाग्ने वितिकै यी घटनाहरु घट्‌ने बारे विश्व भरका बैज्ञानिकहरूले प्रक्षपण गरेका छन् । नेपालको पहाडी भागमा असामान्य तरिकाले  हिउँ पर्ने र तराई क्षेत्रमा अत्याधिक चिसो बढ्‌ने खडेरीले खेतवारीमा अन्तहरू उब्जाउ हुन निकै कठीन हुने हुन्छ । अहिलेबाट नै नेपालीहरु सजग हुने र खाद्यन्न बालीहरू‌मा निकै प्रभाव हुने भएकोले यसतर्फ ध्यान पु-याउनु पर्दछ।

सम्बधीत निकायहरु, कृषि, जलवायु, मौसम बिभागहरूले अहिले देखि तयारी हुन जरुरी देखिन्छ/ अन्तर्राष्ट्रिय मिडियाहरु‌ले लालिना प्रभाव बारे ठूलै समाचार बनाई, रहे तापनि नेपालका सम्बन्धीत निकाय चुप किन ? यसबारे तात्कालिन जनसमक्ष सचेतना ल्याउनु अति आवश्यक देखिन्छ । यस घटनाले दिर्घकालिन असरहरु ल्याउन सक्छ । जुन नेपाल अस्तो गरिवीदेशको लागि निकै हानी हुन सक्छ ।

पृथ्वीको उष्णताले गर्दा असाध्य गर्मी भयो अथवा असाध्य चिसो भयो हामी यतीमात्र बड्छौं । तर वैज्ञानिकहरूले गएको ४० वर्ष भन्दा यसपालि असाध्य जाडो अथवा असाध्य गर्मी हुन्छ भनेर आफ्नो रिपोर्टहरु पेश गरीरहेका छन्। यसले गर्दा कयौंको ज्यान जान सक्ने तथा उत्पादकत्वमा भारी गिरावत आउँछ भनेका छन् । यसबाट बच्न संसारमा थुप्रै राष्ट्रहरूले बढी भन्दा बढी जनताहरूलाई बचाउन थुप्रै कामहरु गरिरहेका छन् भने हाम्रो देश नेपालमा खासै काम भएको देखिदैन । यहाँका मिडियाहरु पनि तैं चुप मैं चुप भएर बसेको देख्दा आर्चाय लागेको छ ।

लालिना प्रभाव प्रशान्त महासागरको पश्चिम क्षेत्रको तापक्रम अस्वभाविक रूपमा बढेर त्यस क्षेत्रको समुद्री सतह तापक्रमले उत्पन्न हुने जलवायु परिवर्तनको घटना हो ।

लालिना शब्द स्पेनिश भाषाको शब्द हो । यसको वास्तवमा अर्थ हुन्छ “साना केटी” । यस लालिना प्रभावले समुद्री तापक्रममा बृद्धि गर्ने, वायुमण्डलीय परिसंचरणमा परिवर्तन आउने, अनियमित मौसम हुने हुन्छ । जसले गर्दा नेपालमा मनसुनमा प्रभाव सुख्खा तथा खडेरी हुने, अत्याधिक चिसो भई जोखिम हुने, तापक्रम निकै घट्ने र अन्त्यमा खाद्य सुरक्षामा संकट देखा पर्ने हुन्छ।

यसबाट बच्न नेपालले समयमा नै सजकता अपनाउनु पर्दछ । जनताहरू जलवायु पूर्वानु‌मान प्रणालीद्वारा सुसुचित गराउने, कृषि क्षेत्रमा सुधार गर्ने उपायहरु अपनाउने, जल स्रोत संरक्षण गर्ने, बादी पहिरोको जोखिमबाट जोगाउने उपायहरु अबलम्बन गर्नका छिट्टो भन्दा छिटो सरकारी निति र आपतकालीन योजनाहरु बनाउने र लागू गर्ने तर्फ कदम चाल्ल पर्दछ ।

साँच्चिकै भन्ने हो भने यो विश्वभरि हुने मौसमी घटना हो। यो हाम्रो अधिन भन्दा पर रहेको छ। लालिना प्रभावलाई नियन्त्रण गर्न बसकिदैन, तर यसले ल्याउने विकराल समस्याहरूलाई समयमै चेतना फैलाएर, तयारी गरेर निकै कम गर्न सकिन्छ । समयमै ध्यान पुर्याउने हो भने ठूलो मात्र हुने धन जन नोक्सानी हुनबाट बचाउन सकिन्छ । जनतालाई शुरक्षित  राख्न सकिन्छ ।

यसमा तपाइको मत