हिम शृङ्खलाको ३० औ अभिभावक दिवसको उद्घाटन


एन्टिना घनश्याम,काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको उद्घाटन सम्पन्न भएको छ। मन्टेश्वरीदेखि देखि कक्षा १२ सम्म करिब १२ सय बिध्यार्थी पठनपाठन गरिरहेको यो बिध्यालयको ३० औ अभिभावक दिवसको उद्घाटन नगर प्रमुख दिपक रिसालले पानसमा दिप प्रज्वलन गरि गरेका थिए

अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा कक्षागत रुपमा थुप्रै बिध्यार्थिहरुले नेपाली कल्चरल नृत्य,गाएन,अभिनय,संगीत प्रस्तुत गरेर अभिभावकहरुलाइ मनोरञ्जन प्रदान गरेका थिए।

दुई दिन सम्म चल्ने उक्त अभिभावक दिबसमा रास्ट्रीय कलाकारहरुको समेत प्रस्तुती रहने छ। अभिभावक दिवसकै अबसरमा साङ्गितिक प्रस्तुती दिने सम्पुर्ण बिध्यार्थी कलाकारहरुलाइ बिध्यालयको तर्फबाट मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

यसमा तपाइको मत