
काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहमा आफ्ना साना बाबुनानीको कला प्रस्तुती देखेर धेरै अभिभावकहरुले हर्षको आँसु झारेका छन। मन्टेश्वरीदेखि कक्षा १२ सम्म करिब १२ सय बिध्यार्थी पठनपाठन गरिरहेको यो बिध्यालयको ३० औ अभिभावक दिवसको उद्घाटन गरेका नगर प्रमुख दिपक रिसालले समेत बिध्यार्थिहरुको अतिरिक्त क्षमताको तारिफ गरेका थिए । अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा कक्षागत रुपमा थुप्रै बिध्यार्थिहरुले नेपाली कल्चरल नृत्य,गाएन,अभिनय,संगीत,उध्घोषण प्रस्तुत गरेर अभिभावकहरुलाइ मनोरञ्जन प्रदान गरेका थिए।

दुई दिन सम्म चल्ने उक्त अभिभावक दिबसमा दोस्रो दिन केन्द्रीय प्याब्सन पुर्ब उपाध्यक्ष सानू अमात्यले उध्घाटन गरेकी थिइन। अभिभावक दिवसकै अबसरमा बिध्यालयका प्रधानाध्यापक नारायणभक्त श्रेष्ठले आफुहरुलाइ गरेको अथाह बिश्वासका लागि आम अभिभावकहरुलाइ धन्यवाद ब्यक्त गरेका थिए।उक्त अबसरमा साङ्गितिक प्रस्तुती दिने सम्पुर्ण बिध्यार्थी कलाकारहरुलाइ बिध्यालयको तर्फबाट मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। बिध्यालयको सस्थापक अध्यक्ष दिपेन्द्र लामाको सभापतित्वमा सम्पन्न उक्त अभिभावक दिवसमा नगरभित्रका बिध्यालयका अध्यक्ष एबम प्रधानाध्यापकहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो।



