
नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले ६ सय अङ्क प्रकाशन गरेको सुअवसर पारेर फागुन ६ गते बुधबार साहित्य सदन रामहिटीमा पत्रिकाका संरक्षक सदस्य साहित्यकार महेन्द्र चालिसेको लघु कथा सङ्ग्रह रङगभेदको विमोचन गरियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे,सभापति पत्रिकाका प्रबन्धक साहित्यकार गङ्गा कर्माचार्य पौडेल ,गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाल,बुनपा ९ का वडा अध्यक्ष राजिव थापा,लेखक महेन्द्र चालिसे,लेखक पत्नी इन्दिरा चालिसे,समिक्षक द्वय ठाकुर शर्मा,गोपि मैनाली र कपन बानेश्वरका प्रकाशक सम्पादक निबन्ध आचार्यले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभएको थियो ।लेखक महेन्द्र चालिसेले लेखकीय सहित स्वागत मन्तव्य दिनुभएपछि लघुकथा गान बजाएर कार्यक्रम उद्घाटन गरिएको थियो भने परम्परागत विमोचन भन्दा पृथक रुपमा समिक्षकहरु ठाकुर शर्मा र गोपि मैनालीले समिक्ष्यात्मक टिप्पणी गरेपछि मात्र पुस्तक विमोचन गरिएको थियो । विमोचन पश्चात सभापति गङ्गा पौडेलले लेखक पत्नी इन्दिरा र प्रमुख अतिथि रोचक घिमिरेले लेखक महेन्द्र चालिसेलाई रुद्राक्षको माला लगाइदिएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा गोकर्णेश्वर नगर पालिका प्रमुख दीपक रिसाल र गोनपा ९ का वडा अध्यक्ष राजिव थापाले साहित्य र साहित्यकारको लागि गोनपाले काम गरिरहेको र गरिरहने कुरा बताउनु भयो ।युवराज मैनाली ,रमेश खनाल र शङ्कर भारतीले शुभकामना दिनुभएको सो कार्यक्रममा एन बी जनकपुरेले महेन्द्र चालिसेको गीत गाएर सुनाउनुभएको थियो । प्रमुख अतिथि रोचक घिमिरेले साहित्यिक त्यसमाथि पनि समाचारमुलक साप्ताहिक रुपमा निकालेर ६ सय अङ्क सम्म पुर्याउनु हिमाल चढ्नु बराबर हो भन्दै महेन्द्र चालिसेको पहिलो कथा सङ्ग्रह भन्दा यो परिस्कृत भएर आएको बताउनुभयो ।सभापति गङ्गा कर्माचार्य पौडेलले पत्रिका प्रकाशन सामुहिक काम भएको र कबा समुहले मिलेर काम गरेको कारण नै ६ सय अङ्कसम्म पुग्न सफल भएको बताउनु भयो । आलोक चालिसेले संचालन गर्नुभएको कार्यक्रममा प्रकाशक सम्पादक निबन्ध आचार्यले धन्यवाद ज्ञापन् गर्नुभएको थियो । कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको प्रकाशन रहेको रङगभेद चालिसेको तेह्रौं प्रकाशित कृति हो ।यस भित्र ६५ वटा लघुकथा सङ्ग्रहित छन् ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

