ललितपुर, साउन २१ — ललितपुरको ग्वार्को चोकमा आज भएको बस दुर्घटनामा परी कम्तीमा १६ जना घाइते भएका छन्।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी नजिकका अस्पतालहरूमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको बताइएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
घटनास्थलमा प्रहरी र स्थानीयवासीले उद्धार कार्य सञ्चालन गरेका थिए। दुर्घटनापछि केही समय सडक क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो।
यो समाचार तयार पार्दासम्म १६ जना घाइते भएको पुष्टि भएको छ भने दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।
कृष्ण गोपाल श्रेष्ठ “फसी”



