
मेरो नाम रामचन्द्र महर्जन हो । मेरो अहिले उमेर ७५ भयो । मेरो बाजेको नाम रत्न बहादुर श्रेष्ठ र पूर्णमाया श्रेष्ठ हो । मेरो बुबाको नाम बाबुकाजी महर्जन र आमाको नाम दानमाया महर्जन हो । मेरो श्रीमतीहरू दुई जना छ्न । पहिलो श्रीमती स्वर्गीय चन्द्रमाया महर्जन ( प्रजापति ) हुन । दोस्रो छुनुमैयाँ श्रेष्ठ महर्जन हो । म जेठो सन्तान हु । मेरो माइलो भाइ श्यामलाल महर्जन , साइलो कृष्णमान महर्जन , काइलो स्वर्गीय राजेश महर्जन र कान्छो राकेश सिंह हुन । मेरो तीनजना बैनीहरू छ्न ।
मेरो जन्मस्थल गोंगबुमा भएको हो । मेरो जन्म २००८ साल भाद्र १३ गते भएको हो । मेरो हजुरबुवा नै साँखुबाट गोंगबु आउनु भएको हो । जागीरको सिलसिलामा आउनु भएको हो ।
मेरा दुई सन्तान छन् । जेठो निरेशलाल सिं र रिदेश सिं हुन । जेठा छोराको श्रीमती सोनिस्मा श्रेष्ठ र कान्छो छोराको श्रीमती सिर्जना महर्जन हुन । जेठा छोराका दुइटा छोरी छन् । एकजना निस्मा सिं र अर्को सुनिस्मा सिं हुन् । कान्छोका एउटा छोरा आरभ सिं छ्न ।
म सरकारी प्राविधिक कर्मचारी हु । म अहिले अवकाशप्राप्त भएको छु । गोंगबुमा बस्दै आएको छु ।



