कर्णाली अटोमोबाइल्स एशोसिएशनमा इन्द्रबहादुर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित


सुर्खेत । कर्णाली अटोमोबाइल्स एशोसिएशन नेपालको चौंथो वार्षिक साधारणसभा तथा अधिवेशन सुर्खेतमा सम्पन्न भएको छ। अधिवेशनले इन्द्रबहादुर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रकाशकुमार शाही (स्पेयर पार्ट्सतर्फ), रामबहादुर खड्का (चारपांग्रेतर्फ ) र गोपाल पौडेल (दुईपांग्रेतर्फ ) चयन भएका छन्।
त्यस्तै महासचिवमा सैयद अन्वर अलि, सचिवमा अर्जुन दाहाल र कोषाध्यक्षमा राजन ओली निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यमा सूर्य थापा, उमेश विष्ट, हरि पौडेल र जनकराज गिरी रहेका छन्।


नवनिर्वाचित अध्यक्ष खड्काको नेतृत्वले कर्णाली प्रदेशको अटोमोबाइल्स क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउँदै व्यवसायीहरूको हकहित संरक्षणका लागि प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ। कर्णालीमा अटोमोबाइल्स व्यवसायको विस्तारसँगै व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान, व्यवसायिक वातावरण सुधार तथा अटोमोबाइल्स क्षेत्रको विकासका लागि नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर भएको छ ।
अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

यसमा तपाइको मत