
काठमाडौँ, भदौ ६ — ज्ञान सागर ट्रेनिङ एण्ड रिसर्च सेन्टरको आयोजनामा हस्तलेखन (Handwriting) प्रतियोगिता सम्पन्न भएको छ। काठमाडौँस्थित साउथवेस्टर्न कलेजको सभाहलमा सम्पन्न उक्त प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कृष्ण बहादुर नेपालीको सभापतित्वमा आयोजित यस कार्यक्रममा रमेश शर्मा, सुजन मगर र नारायण प्रसाद पन्त प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रमलाई निष्पक्ष र व्यवस्थित बनाउन सजना महर्जन र मनरा प्रजापतिले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा १४ वटा विद्यालयबाट जम्मा ८० जना विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। विद्यार्थीहरूमा हस्तलेखनप्रतिको सीप विकास र उत्साह जगाउने उद्देश्यले आयोजित यस कार्यक्रमले विद्यार्थी तथा शिक्षकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।




