
कपन नेवा : पुच:को आयोजनामा बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम रमाईलो वातावरणमा हुनुका साथै कपन नेवा : पुच: का उपस्थित महिलाहरु लाई नेवारी संस्कृति झल्किने सारी उपहार स्वरूप प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका सल्लाकार शिव् श्रेष्ठले नेवारी कला संस्कृति संरक्षण गरि देशमा शान्ति र विकासको लागि सवै एक भ्एर अगाडि बढ्नु पर्ने धारणा राख्नु भयो । त्यसै गरि संस्थाका कार्यसमिति सदस्य रेशम श्रेष्ठ , मनोज श्रेष्ठ, र्संस्थाका अध्यक्ष सूर्य् खड्गीले आफ्ना भनाई राख्नु भ्एको थियो . कार्यक्रमको संचालिका श्रीमती पम्फा श्रेष्ठ हुनु हुन्थ्यो




