काठमा
डौं, माघ ८ – अतुल स्मृति गुरुकुल काठमाडौंले अतुल स्मृति गुरुकुल सम्मान २०७२ बाट साहित्यकार प्रकाश सायमीलाई सम्मान गरेको छ ।
तबलाबादक अतुल गौतमको सम्झनामा गठित गुरुकुलले ४४ औँ अतुल स्मृति दिवसको अवसरमा काठमाडौं पशुपति क्षेत्रमा गरेको एक कार्यक्रममा साहित्यकार सायमीलाई सम्मान गरेको हो ।
यस्तै सतिशचन्द्र सानुबाबा सम्मान २०७२ बाट तबलाबादक नवराज गुरुङ र सुकर्म अतुल स्मृति सम्मान २०७२ बाट ज्ञानुराराधा गोर्खालीलाई सम्मान गरिएको छ ।



