​यसरी जन्मियो बुद्धिसागरको फिरफिरे


काठमाडौं : कुनै दिन बुद्धिसागरले दुई बालकलाई भेटे ११/१२ वर्षका। कटासे बसपार्कमा उनीहरु काठमाडौं जाने बस खोज्दै थिए। काठमाडौं जाने बस नपाइने त्यो बसपार्कमा काठमाडौं जाने बस खोज्दै हिँडेका बालकहरु देखेपछि काउन्टरमा मान्छे पनि दंग परे। जब मान्छेहरुले तीmainphoto बालकलाई उनीहरुको यात्रा बारे प्रश्न गरे, उनीहरु रुन थाले। पछि मान्छेहरुले ती बालकलाई प्रहरीमा बुझाए। भएको यत्ति हो। तर यही घटना नै लेखक बुद्धिसागरका लागि उपन्यास ‘फिरफिरे’ को प्रस्थान विन्दु बन्यो। बुद्धिसागरले आफ्नो बाल्यकालमा घर नजिकैको बसपार्कमा घरबाट भागेर काठमाडौं जान आएका दुई किशोरहरुको त्यही सम्झनाबाट कथा अघि बढेको बताए। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको ‘फिरफिरे’ को विमोचन कार्यक्रममा बुद्धिसागर आफ्नो लेखनबारे बोल्दै थिए। प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा आज जन्मदिन परेका युवक निशान्त खनालले पुस्तक विमोचन गरे। उपन्यासकार बुद्धिसागरले ‘कर्णाली ब्लुज’ को ५ वर्षपछि दोश्रो उपन्यास सार्वजनिक गरेका हुन्।

यसमा तपाइको मत