काठमाडौँ : कलाकार तथा
साहित्यकार अशोकमान सिंको ‘म पनि त मान्छे हुँ’ कृति आजदेखि बजारमा आएको छ। रिड एण्ड राइट पब्लिसीङ हाउसले प्रकाशनमा ल्याएको कृतिमा समाजमा अपाङ्गता भएका किशोर किशोरीलाई केन्द्रित गरी कथावस्तु प्रस्तुत गरिएको छ। कृतिमा साना पाँच लघु उपन्यास कृतिमा समेटिएका छन्। यहाँ आज आयोजित कार्यक्रममा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले कृतिको विमोचन गर्दै समाजमा अपाङ्गता भएका मानिस तथा समूहलाई हीनताबोध नगरी अगाडि बढ्न कृतिले सहयोग पुर्याउने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रा डा केदारभक्त माथेमाले सामाजिक परिवेशभित्रका समसामयिक घटना तथा विषयवस्तुको यथार्थतालाई पुस्तकले समेटेको बताउँदै मानिस कुरुप, विरुप जे भएपनि हीनता लिननहुने शिक्षा पुस्तकमा पाइने बताए। प्रा डा दयाराम श्रेष्ठ, प्रा डा रामकुमार पाँडे र चुडामणि बन्धुले पुस्तक सरल भाषामा रहेको चर्चा गर्दै त्यसमा हरेक मानिसमा फरकफरक क्षमता हुने र उनीहरुको योग्यताअनुसार जिम्मेवारी दिनुपर्ने कुरालाई महत्वका साथ उठाएको बताए। चलचित्र निर्देशक यादव खरेलले पुस्तकमा समाजमा अपाङ्गता भएका मानिसलाई नायक नायिकाका रुपमा चित्रण गरी सो समुदायको दुःख, पीडा तथा समस्यालाई न्यूनीकरण गर्न लेखकले उत्प्रेरणा प्रदान गरेको विचार व्यक्त गरे। नेपाल पत्रकार महासङ्घका सभापति डा महेन्द्र विष्टले सीमान्तकृत तथा अपाङ्गता भएका मानिसमाथि हुँदै आएको विभेदलाई अन्त्य गर्न सकेमा उनीहरुको बौद्धिकता र सक्षमताले भ्याएसम्म समाजलाई योगदान गर्न सक्ने वातावरण बन्ने प्रसङ्ग सान्दर्भिक रहेको बताए। लेखक सिंले समाजका विसङ्गत भावनालाई हटाउन सबैको मनमा सकारात्मक दृष्टिकोण विकास हुनुपर्ने बताउँदै अपाङ्गता भएका मानिसको सहयोगका लागि आफू लाग्ने प्रतिबद्धता व्यक्त गरे। रासस
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
पूँजीवाद, परनिर्भरता र नेपाली युवाको दायित्व : माननीय रामप्रसाद ढुङ्गाना
पूँजीवादमा सामन्त र दलालहरूबाट इमान, दया, मर्यादा तथा मानवीय
लेमेन डिस्कोर्स (Lay Discourse)
लेमेन डिस्कोर्स (Lay Discourse) भन्नाले सामान्यतया गैर-विशेषज्ञ वा साधारण
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल

