प्यारामाउण्टको १५ औँ वार्षिकोत्सव


काठमौँ, फागुन २४ गते शुक्रवार ।
टोखा नगरपालिका वडा नं.८, गोँगबुँ बानियाँटारस्थित प्यारामाउण्ट एकेडेमीको १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश्वरनरसिंह के.सी.को सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह के.सी. प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रा.गिरिराज पौडेल विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो । त्यस्तै कार्यक्रममा टोखा नगरपालिका वडा नं.८ का अध्यक्ष केशव खत्री, प्याब्सनका काठमाडौँ जिल्ला उपाध्यक्ष प्रेम राई र सदस्य नारायण रोक्का अतिथि रहनुभएको थियो ।
त्यस अवसरमा लामो वक्तव्य दिएर गिनिज बुकमा विश्व रेकर्ड राख्न सफल अनन्तराम के.सी.लाई सम्मानपत्र र नगद रु. ५०००।– सहित सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयको स्थापनाकालदेखि हालसम्म निरन्तर उत्कष्ट सेवा पु¥याउँदै आएनुभएकोमा शिक्षिका सीता पाण्डे र कर्मचारी गमला फुयाँललाई पनि सम्मानपत्र र जनही नगद रु.५०००।– सहित सम्मान गरिएको थियो । साथै प्रमुख अतिथि के.सी.ले वार्षिक खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार पनि प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न क्लबका छात्रछात्राहरूले गीत, सङ्गीत, नृत्य, ड्रामा र कराँतेको कला प्रदर्शन गरेर उपस्थित अभिभावक तथा दर्शकहरूलाई भरपुर ज्ञान तथा मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै एकेडेमीका प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले तपाईं सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, कर्मचारी र शुभेच्छुकहरूकै साथ र सहयोगले हामी यहाँसम्म आइपुगेका छौँ, यो साथ र सहयोग भविष्यका दिनमा पनि हामीलाई निरन्तर प्राप्त भइरहोस् भन्ने आशा गर्दछौँ, भन्नुभयो । 

यसमा तपाइको मत