वीरगन्ज : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा जनता सहभागी हुने क्रम घट्दै गएको स्वीकारेका छन् । आन्दोलन शिथील भएको जस्तो देखिन्छ, तर शिथिल भएको चाहिँ होइन । अहिले खेतीपातीको सिजन र मौसम प्रतिकुल भएले आन्दोलनमा जनसहभागिता कम भएको भन्दै हो’, वीरगन्जमा बुधबार मधेसी पत्रकार समाज पर्साको त्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले भने, ‘आन्दोलनलाई फेरि सशक्त बनाउने विषयमा मोर्चामा छलफल भइरहेको छ ।’
मधेस आन्दोलन र नाकाबन्दी वीरगन्जमै केन्द्रित भएको अध्यक्ष ठाकुरको भनाइ थियो । ‘अरु नाकामा धर्नामा बस्न कठिनाइ छ, भारतीय सुरक्षाकर्मीले पनि बेला बेलामा लाठी चार्ज गरेर धपाउँछन्’, उनले भने, ‘त्यसैले अरु नाकाको आन्दोलन वीरगन्जको जस्तो सशक्त हुन सकिरहेको छैन । उनले परराष्ट्रमन्त्री कमल थापाले चार बुँदे प्रस्ताव मधेसी मोर्चालाइ बुझाउनुको सट्टा दिल्लीमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई बुझाएकाले समस्या झन जटिल बनेको बताए ।
मोर्चाका नेताहरुको पछिल्लो दिल्ली भ्रमण फलदायी भएको बताउँदै अध्यक्ष ठाकुरले मधेस आन्दोलनबारे राज्यले भारतमा फैलाएको भ्रम चिर्न भारत भ्रमण सफल भएको जिकिर गरे । तीन दल र सरकारले मधेसी मोर्चासँग भएको सहमति विपरित संविधान संशोधन र भूकम्पप्रभावित संरचना पुनर्निर्माण विधेयक संसदमा जबरजस्ती पेश गरेकाले मुलुक अझ जटील अवस्थामा पुगेको उनले बताए ।
मधेस आन्दोलनका सबै माग प्याकेजमै सम्बोधन नभए सम्म आन्दोलन नरोकिने उनले प्रष्ट पारे । बहुमतको आडमा बल मिच्याइ गरेर संविधान जारी गरेका तीन ठूला दल र सरकार संसदमा पनि बलपुर्वक अगाडि बढन खोजेको आरोप ठाकुरको छ ।‘विधेयकमा रहेको त्रुटी सच्याएर संसदमा पेश गर्ने आश्वासन सरकारले दिएको थियो, तर एकाएक त्यो आश्वासन विपरित तीन दल र सरकारले जबरजस्ती संसदमा पेश गरेका छन्’, उनले भने, दुवै विधेयक त्रुटीपूर्ण र अपूर्ण रहेका छन् । त्यसैले हामी मान्दैनौ । तीन दल र सरकारको रवैया यस्तै रहे वार्ताको कुनै औचित्य नहुने उनले बताए ।
मधेसी मोर्चाको ११ बुदे माग सम्बोधनका विषयमा सरकारले ठोस रुपमा रोड म्याप नल्याएसम्म वार्ताको औचित्य नरहेको उनले बताए । जारी मधेस आन्दोलनको स्वरुप फेरबेदल गर्ने विषयमा मोर्चाभित्र अहिले कुनै छलफल नभएको अध्यक्ष ठाकुरले बताए । ‘तालाचाबी सरकारकै हातमा छ, जुन दिन मधेसको माग सरकारले पुरा गर्छ, त्यही दिन आन्दोलन सकिन्छ’, उनले भने । पत्रकार सम्मेलनमा तमलोपाका केन्द्रिय सदस्य जनार्दन यादव, जिल्ल अध्यक्ष पुरुषोत्तम झा, सांसद रमेश पटेल र रमतुल्लाह खाँ लगायतका नेताहरु पनि उपस्थित थिए । अन्नपूर्ण पोस्ट्मा खबर छ
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
पूँजीवाद, परनिर्भरता र नेपाली युवाको दायित्व : माननीय रामप्रसाद ढुङ्गाना
पूँजीवादमा सामन्त र दलालहरूबाट इमान, दया, मर्यादा तथा मानवीय
लेमेन डिस्कोर्स (Lay Discourse)
लेमेन डिस्कोर्स (Lay Discourse) भन्नाले सामान्यतया गैर-विशेषज्ञ वा साधारण
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल

