आस्थाको धरोहर आँखै अघि ढलेको हेर्न कहाँ पो सकिन्छ र । घाम छाया जस्तै लुकामारी चल्दै गरेको नेपाली राजनितीले पुर्णिामाको रातमा मात्रै हैन,औँसिको रातमा पनि आकाशको तारा नियाल्दै छ । कुरो बुजि हाल्नु भो यतिखेर नेपाली युवा तथा विद्यार्थी राजनीतिमा गरागरम बहस चलिरहेको छ, स्ववियु निर्वाचनको ।विद्यार्थीहरुले पनि बस्नेत उम्मेद्बारी बनेर आएको खण्डमा हामी सक्दो सहयोग गर्ने बताएका छ्न भने विद्यार्थीको चर्चामा रहेका बस्नेतलाई हामिले एन.आर.कलेजबाट विद्यार्थीको माग बमोजिम तपाईंको उम्मेद्बारी आउँछ कि आउदैन ? कि संगठनको निर्णयमा भर पर्छ भनेर सोध्दा यसो भन्छन् ;“ विद्यार्थी आन्दोलनको बलमा स्थापित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेको छ । यो सकारात्मक बिषय हो । स्ववियु आन्दोलनको बलिदानी पुर्ण गौरब हो । अग्रजहरुको बलिदानको सान हो ।विद्यार्थी आन्दोलनको जुझारु मोर्चाको पहिचान हो । तर आज विद्यार्थी आन्दोलनको सामु स्ववियुको महत्त्व अर्थ र औचित्यको सन्दर्भमा व्यापक बहसहरु भैरहेको छन् । हिजो राज्य ब्यवस्थाको विरुद्ध लड्ने मोर्चाको रुपमा स्थापित स्ववियु आज भ्रष्टाचार र गुण्डागर्दिको अड्डा नबनेको भने होईन । श्रमिक जनता र विद्यार्थी बर्गको आवाज बोल्ने स्ववियु आज केही ब्यक्ति आसेपासेहरुको मण्डली जस्तो बनेको छ । यी मुद्दा हरुमा स्ववियुको सन्द्रभमा हामी बहस र छलफलमा छौँ ।विद्यार्थी आन्दोलन र स्ववियुको प्रतिपक्षीय चरीत्रको रक्षा गर्दै खबरदारी मिर्चाको ऎतिहासिक बिरासत जोगाउने यो कार्यभार आफ्नो सामु आएको हुँदा मेरो उम्मेद्बारी पक्कै आउछ । मेरो क्षमता र संघर्षको मुल्यांकन माथिलो कमिटीले पनि गर्छ भन्ने मा म बिस्वस्त छु । ´´ आसा र त्रास बिच हुनलागेको स्ववियु निर्वाचनमा बस्नेतको मुल्यक माथीलो कमिटीले गर्ला नगर्ला त्यो त छुट्टै बहस बिषय हुनेनै छ तर नेपालटारमा चर्चामा रहेका बस्नेत अस्ताउलान कि उदाउलान त्यो भने स्ववियु निर्वाचन पश्चात नै थाहा हुने छ ।



