काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ९ इन्द्रेणि पुलनेर रहेको नर्थ पोल एकेडेमीले शनिबार अन्तर विधालय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। उक्त चित्रकला प्रतियोगिता कार्यक्रममा तारकेश्वर नगरपालिका वडा न ९ का वडा अध्यक्ष श्यामकृष्ण महर्जन प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष महर्जनले रङ्गले एन पि ए लेखेर चित्रकला कार्यक्रमको उदघाटन गरेका थिए।
चित्रकला प्रतियोगितामा ३३ ओटा संस्थागत विद्यालयहरुबाट ११८ जना सहभागी भएका थिए। चित्रकला प्रतियोगिता आधारभूत तह र माध्यमिक तह गरि दुई समुहमा आयोजना गरेका थिए।आधारभूत तहको चित्रकला प्रतियोगितामा प्रथम ईमेज एकेडेमीका प्रशंसा बागदस र दितिय कौशल हाई स्कुलका रोसन तामाङ तृतिय सिर्जना ज्ञानसागर स्कुलका आप्सा तामाङ र चौथो गोलढुङा अकिड एकेडेमीको सिमना गुरुङ भएका थिए।
माध्यमिक तहको चित्रकलामा प्रथम कौशल हाई स्कुलका संयोग अधिकारी र दितिय हिम रश्मि क्रिपेस प्याकुरेल र तृतीय लालिगुँरास नेसनल एकेडेमीका एसिम सिटौला र चौथो रोजमेरि आइडल स्कुल को सुगम घले भएका थिए । चित्रकलामा प्रथम दितिय तितृय सन्तवना हुनेलाई मेडल ट्रफि प्रमाणपत्र प्रदान गरिएको थियो । चित्रकला प्रतियोगितामा सहभागी स्कुलहरुलाई मायाको चिनो र प्रमाणपत्र दिईएको थियो । चित्रकला प्रतियोगिता कार्यक्रम विधालय व्यवस्थापन कमिटीका अध्यक्ष केदारनाथ भेटुवालको सभापतिमा भएको थियो । उक्त कार्यक्रमको संयोजन कृष्ण बहादुर नेपालीले गर्नु भएको थियो। 




