नाला भगवती मन्दिर प्राङ्गणमा हारतीमाताले पेटमा जमरा राखिन


काभ्रे पनौतीमा जन्मी हाल गोकर्णमा बसोबास गर्दै आउनु भएकी नानू देउलाले आफ्नो शरीरमा यसपालिको बिजया दशमीमा जमरा राखिन । बनेपा नाला -४ स्थित श्रीउग्रचण्डी भगवती मन्दिरको प्राङ्गणमा रहेको पाटीमा सुतेर आफ्नो शरीरको पेटमा घट्स्थापनाको दिन बिधिबत तरिकाले जमरा राखेकी छिन ।

उहाँलाई हारतीमाताले सबत्र चिनिन्छ । चालीस वर्षिय नानू देउलाले यस अघि यसरी जमरा राख्ने नगरियतापनी विभिन्न स्थानहरुमा विभिन्न धार्मिक कार्य गर्दै आउनु भएको थियो। पारिवारिक स्रोतका अनुसार घट्स्थापनाको दिनदेखि खाना नखाई दिसापिसाब नगरी एकै स्थानमा अति नै कठोर साधनमा रहनेछ । यो कार्य देशमा सुशान्तीका साथै सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरुमा सुस्वास्थ्य होस भन्ने कामानाका साथ आयोजना गरिएको कुरा बताउनु भएको छ । स्मरणीय होस हाल उत्त स्थानमा विभिन्न स्थानबाट भक्तजन आई भजन किर्तन गरिरहेका छन ।

बिजया दशमीको दिन जमरा फुल प्रसाद झिकी भगवती मातालाई लाखबत्ती बाली यस कार्यक्रम बिसर्जन गरिने कुरा हाम्रा काभ्रे जिल्ला खोज सम्बादाता पंचम सुन्दर श्रेष्ठले बताउनु भएको छ

यसमा तपाइको मत