नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कामभन्दा कुरा बढी गरेर हिडेको आरोप लगाएका छन् ।
कोटेश्वरस्थित आफ्नै निवासमा बिहीवार विहान संचारकर्मीसँगको साक्षात्कारमा आम जनता कालोबजारी र महंगीको मार सहन वाध्य भइरहेका बेला प्रधानमन्त्री ओली भने आश्वासन बाँड्नमा मात्र सीमित भएको आरोप लगाएका हुन् ।
उनले जनतालाई आश्वासन भन्दा परिणाम देखिने काम चाहिएको भन्दै त्यसतर्फ ध्यान दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिए। नेपालले सहमतिका लागि वातावरण बनाउने प्रमसख दायित्व सरकारको हुने भएकाले प्रधानमन्त्री ओली सहमतिको वातावरण बनाउन क्रियाशिल नभएको आरोप समेत लगाए।
उनले ओलीले राष्ट्रको प्रधानमन्त्रीको रुपमा सबैसँग वार्ता र सम्वाद गरी सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनका लागि पहल गर्नुपर्ने बताए।नेता नेपालले मधेसवादी दलको आन्दोलनका कारण मधेसका जनताले नै सबैभन्दा बढी कष्ट सहनुपरेकाले मधेसवादी दलले तत्काल आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने र प्रदेशको सीमाकंनका विषयमा लचकता अपनाउनुपर्नेमा जोड दिए।
उनले सीमाकंनको विषय राजनीतिक समिति गठन गरेर टुंगो लगाउनु सबैभन्दा बढी उपयुक्त हुने र समितिमा सहमति जुट्न नसके सीमाकंनलाई थाँती राखेर संविधानको कार्यान्वयन गरिनु पर्नेमा जोड दिएका थिए ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
पूँजीवाद, परनिर्भरता र नेपाली युवाको दायित्व : माननीय रामप्रसाद ढुङ्गाना
पूँजीवादमा सामन्त र दलालहरूबाट इमान, दया, मर्यादा तथा मानवीय
लेमेन डिस्कोर्स (Lay Discourse)
लेमेन डिस्कोर्स (Lay Discourse) भन्नाले सामान्यतया गैर-विशेषज्ञ वा साधारण
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल

