
आज २०८१ साउन ६ गते आइतबार गुरुपूर्णिमा तथा व्यासजयन्तीको दिन संसाक मासिकले आदरणीय गुरु त्रय डा.सत्यराज थपलिया (संरक्षक), डा.शैलेन्दुप्रकाश नेपाल (सल्लाहकार) र डा.दामोदर पुडासैनी किशोर (सल्लाहकार) लाई एक समारोहको आयोजना गरी सम्मान तथा बन्दना गरेको छ ।
गुरु त्रयलाई संसाकका सल्लाहकार रत्नप्रसाद अनामणि श्रेस्ठ, सम्पादक उमेश पाण्डे र उपसम्पादक द्वय भवानी मैयाँ पन्त र तारा के.सी.ले सम्मान तथा गुरु बन्दना गर्नुभएको हो ।




