
काठमाडौ । चाबहिल,चुच्चेपाटिस्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित एक कार्यक्रमका बिच कलेजले आफ्ना विद्यार्थीहरूका लागि कलेज बारे जानकारी गराएको हो। अभिमुखीकरण कार्यक्रम भए पनि राष्ट्रिय/ अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यक्तित्वहरूको उपस्थिति गराएर कलेजले कार्यक्रमलाई उत्प्रेरणात्मक, मनोरञ्जनात्मक र अर्थपूर्ण बनाएको थियो।

मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ पाइलट विजय लामा प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा नेपाल आइडल सिजन-५ का विजेता करण परियार, उत्प्रेरक वक्ताहरू रोहित मल्ल र सन्तोष लामा विशेष अतिथिका रूपमा रहेका थिए । विभिन्न क्षेत्रमा सफलता हात पारेका अन्य विशिष्ट व्यक्तित्वहरूको आतिथ्य रहेको कार्यक्रममा मनास्लु वर्ल्ड कलेजका प्रधानाध्यापक राजन श्रेष्ठ, कार्यकारी निर्देशक कुमार मोक्तान सहित अन्य प्रशासक, शिक्षक, शिक्षिका, कर्मचारी, कक्षा १२ मा अध्ययनरत विद्यार्थी सहित कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो।


