विश्वमा नै सर्वाेत्कृष्ट छ यो मेरो देश
चार जात छत्तिस वर्ण बगैँचाझैं भेश
गीतकार कमला घिमिरे अधिकारीकाे बालगीत `मेराे देश ´सार्वजनिक भएकाे छ। रामप्रसाद अधिकारी संरक्षक रहेकाे गीतमा बलराम समालले एरेन्जर गरेका हुन् ।यस गीत ड्रिमसन राना मगर र सुविज्ञा पाैडेलले मौलिक शैलीमा गाएका छन्।
गीतकार घिमिरे लामो समयदेखि शिक्षा क्षेत्रमा क्रीयाशिल छिन् । फुर्सदमा उनी साहित्य लेख्छिन ।
उनका यसअघि पनि उनको साथी, पुतली र मादलको ताल जस्ता दर्जनाै बालगीतहरूलाई मुलतः बालबालिका र अभिभावकले मन पराएका थिए ।
स्थायी मुकाम लमजुङ भएपनि काठमाडौंमा बसोबास गर्दै आएकी साहित्यकार घिमिरे गीत, बालगीत, मुक्तक, हाइकु, लघुकथा, गजल जस्ता साहित्यका विविध विधामा कलम चलाउँछिन्।
‘महको महलमा’ (हाइकुसङ्ग्रह,२०७९), ‘मामाघर’ (बालकवितासङ्ग्रह, २०७९) र ‘रश्मि’ (मुक्तकसङ्ग्रह,२०८०) उनका प्रकाशित कृति हुन्।



