​ज्ञान सागर ट्रेनिङ एण्ड रिसर्च सेन्टरको आयोजनामा हस्तलेखन प्रतियोगिता सम्पन्न


​काठमाडौँ, भदौ ६ — ज्ञान सागर ट्रेनिङ एण्ड रिसर्च सेन्टरको आयोजनामा हस्तलेखन (Handwriting) प्रतियोगिता सम्पन्न भएको छ। काठमाडौँस्थित साउथवेस्टर्न कलेजको सभाहलमा सम्पन्न उक्त प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

​कृष्ण बहादुर नेपालीको सभापतित्वमा आयोजित यस कार्यक्रममा रमेश शर्मा, सुजन मगर र नारायण प्रसाद पन्त प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रमलाई निष्पक्ष र व्यवस्थित बनाउन सजना महर्जन र मनरा प्रजापतिले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

​प्रतियोगितामा १४ वटा विद्यालयबाट जम्मा ८० जना विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। विद्यार्थीहरूमा हस्तलेखनप्रतिको सीप विकास र उत्साह जगाउने उद्देश्यले आयोजित यस कार्यक्रमले विद्यार्थी तथा शिक्षकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।

​

यसमा तपाइको मत