नगर स्तरीय निबन्धको नतिजा प्रकाशन


पनौती, पनौती साहित्य समाजको आयोजनामा गत असोज ७ गते सम्पन्न पनौती नगरव्यापी आधारभूत तह स्तरीय निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।
प्रतियोगितामा सरस्वती कुञ्ज बोर्डिङ स्कुलकी गृष्मा बजगाईं प्रथम भएकी छिन् । त्यस्तै सूर्योदय माध्यमिक बोर्डिङ स्कुलका विजय तामाङ, द्वितीय र कुशादेवी माविकी अनिशा हुमागाईं तृतीय भएकी छिन् । साथै भालेश्वर माविका आयुष खुलालले सान्त्वना पुरस्कार जितेको जानकारी साहित्य समाजकी अध्यक्ष सुभद्रा दहालले दिनु भयो ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई आगामी असोज २४ गते हुने शारदीय काव्यगोष्ठी पुरस्कार वितरण गरिने जानकारी पनौती साहित्य समाजका अध्यक्षले दिएका छन् । विद्यार्थीहरुमा रहेको सिर्जनात्मक क्षमतालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नगरका विभिन्न विद्यालयबाट करिव तीन दर्जन विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत