काठमाणडाै । मञ्चमा व्यानर मात्र झुण्डिएको थियो । मञ्चमा ढसमस्स बस्ने यौटै कुर्सी थिएन । प्रमुख अतिथि को हो ? पत्तो थिएन । खादा थिएन, सब सादा थिए ।
आयोजकका तर्फबाट रोहितले माइक समातेर सोझै डा. गोविन्द के.सीलाई घागी विमोचन गर्न बोलाए । साथमा कथाकार पनि उभिए । विमोचनकर्ता डा के.सी. पूर्व मूख्य सचिव लिलामणि पौडेलको पछाडि ओझेल परेर बसे । रुक्माङ्गद कटवाल पनि पछाडि नै थिए ।
डाक्टरले विमोचन गरेको कृति समीक्षका लागि क्रमशः डा. अर्चना थापा, डा. ज्ञानु पाण्डे र डा.सञ्जीव उप्रेती रोष्ट्रममा उभिएर किताव पढ्दा जस्तो लागेको थियो नलुकाई बोले । अन्यत्यमा कथाकार शिवप्रकाशले लेखकीय मन्तव्य दिए । सांग्रिला बुक्सले मेरो किताबको जति लेखकश्व दिन्छ- उत्तिनै थपेर भूकम्प पिडीतलाई दिन्छु । ताली पाए । समारोहको समापन कथाकारले नै गरे





