शनिबार सञ्चार मन्त्री शेरधन राईले एक बिशेष समारोहबीच उक्त पुरस्कार प्रदान गरेका हुन्। करिब तीन दशक देखि नेपाली पत्रकारितामा क्रियाशिल रहेका घिमिरे तरुण साप्ताहिकका सम्पादक हुन भने पन्त चक्रपथ डटकमका सल्लाहकार सम्पादकको जिम्मेवारीमा रहेका छन्।
४० को दशक देखि पत्रकारिता निरन्तर क्रियाशिल रहेको भन्दै सम्पादक समाजले उक्त पुरस्कार प्रदान गरेको हो । यसैगरी, गोबिन्द बियोगी बरिष्ठ पत्रकार सम्मान भने रामचन्द्र न्यौपानेलाई प्रदान गरिएको छ। न्यौपाने गोरखा पत्र दैनिकका पुर्व सम्पादकको जिम्मेवारीमा रहेका थिए।




