घरमा सोलार राख्नुस्, बैंकले पैसा हाल्दिन्छ सरकारले ब्याज तिरिदिन्छ


महिनामा ६८५ रूपैयाँ तिरे १०० वाटको सोलार

घरमा बिजुलीका लागि सोलार राख्नेलाई सरकारले अनुदान दिनुका साथै बैंकको ब्याज पनि तिरिदिने भएको छ। कुल लागतको १० प्रतिशत रकम घर धनीले तिरेमा ९० प्रतिशत रकम बैंकले ऋण उपलब्ध गराउँछन्। बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका निर्देशक रामप्रसाद धितालका अनुसार बैंकले लिने ९ प्रतिशत ब्याजमध्ये  घरायसी प्रयोजनका लागि लिएको सोलारको ७५ प्रतिशत ब्याज र व्यवसायिक प्रयोजनका लागि जडान गरिएको सोलारको ५० प्रतिशत ब्याज सरकारले तिरिदिन्छ।

यसमा तपाइको मत