१
मुटुभित्र कुनामा साँची राख सम्झनाका तरेलीहरु
अनन्त यात्रा गर्नुछ एक्लै भएनी करेलीहरु
भो दुनियाँलाई यहाँ भन्दा बढी नाटक नदेखाऊ
जबर्जस्ती आफ्नै अभिनयले भिजेका परेलीहरु
२.
कसैले छोएको माया लिन्न म
चोखो माया जथाभाबी दिन्न म
त्यो मायाको सस्तो बजारहरुमा
खर्च गरि झिल्के माया किन्न म
३.
खोजिरहेछु तिम्रो सुन्दर तस्बिर मनको पसलभित्र
जति मियाए पनि मिलाउन नसक्ने पजलभित्र
खोइ के भो ,के भो हिजो आज मलाई
तिम्रो नाम लेखि दिएँ आज मेरो गजलभित्र /
-रत्न प्रसाद अनामणि श्रेष्ठ ,नाला ,क



