१. चुलिदो ऋण
अपरिचित गोली
मृत शरीर !
२. खराब नेता
भन्न नमिल्ने कुरा
बिग्रदो देश !
३. बाह्र नेपाली
अफगानको घटना
स्वर्गको बाटो !
४. गरिब घर
एक छाकको चिन्ता
दु:खी जीवन !
५. पहिलो भेट
उनको सम्बोधन
नौलो संसार !
६. फितलो सिमा
देशको क्षेत्रफल ???
साघुरो नक्सा !
७....

विपनामा हैन, सपनामा आयौ मायालु बनेर
रात पनि कति लामो भो,बिताएँ पल पल गनेर
कहिले यता कहिले उता, झल्याक झुलुक गरि रहन्छौ
निर्निमेष बाटो हेरि बसेको छु, तिमी आउँछौ कि भनेर ।
...

उस्को त आयो मेरो पनि खाडी जाने पास आउछ
चाडै फर्किन्छु भन्ने छोरो को भोली पल्ट लास आउछ
यहाँ छ्यती त जन्म दिनी आमालाई पो भयो
इस्ट्ट मित्र बाट त समबेदना को रास आउछ
यो क्रम त सधैंनै...

समयको बटुकोमा जमाएर स्वाभिमान
माछाको टाउकोसित
देश टोकिखानेहरूले
कालसर्पको यज्ञकुण्डभित्र
चेतनाहरू डढाएर
रगतको काँचो इतिहासमा
अनुवाद गर्नेछन्
मनको कोलाज
त्यतिखेर,
कलिला नानीहरूलाई
उच्छृङ्खल इन्द्रेणीसित
आफ्नै चोखो बैंस साटिएको
होससमेत हुनेछैन।
शब्दहरू नबुझिनेगरी
जब हल्लाले तातिनेछ बजार
उचाल्दै आफ्नै खप्पड र नलीहाड
ब्युँतिनेछन् पुर्खाहरू मसान भत्काउँदै
नदीहरू उफ्रँदै
घुघुती-बासुती गर्नेछन्
सूर्यको छातीमा
त्यतिखेर,
सूर्य-चन्द्र अङ्कित अटल...
तराई पहाड तिम्रो हाम्रो घर हुनुपर्छ
सुख दुख एक अर्काको भर हुनुपर्छ
सम्भब छ एकता अनि बिकास पनि
बस हामिमा एक हुने रहर हुनुपर्छ//
...

बिस्वमा राम्रो,सम्झेर हामी, नेपाल देशलाई,
यसमै बाँचौ, मिलेर सबै, नेपाली दाजुभाई ,
पूर्वमा मेची, पश्चिम काली, बगेका सलल ,
तराई फाँट, बीचमा पहाड, शिरमा हिमाल /
दक्षिण तर्फ, भारत अनि , उत्तर चीन छन् ,
दिनानुदिन, बढदोछ यिन्को, बिस्वमा...

दु:ख छ यहाँ सुखको दबाइ नभएर होला
शायद मेरो गला मा टाइ नभएर होला
कसरी म यो खाडीमा भासिन पुगेछु ?
इस्ट्टमित्रको भन्दा बढी कमाइ नभएर होला
दाई पनि बिदेस जा भनी रहनु हुन्थेयो
पैसा अनी आइफोन पठाइने भाई...

हलोजुवा काँधमा राखि कुद्ने दिन आए
वर्षात् लाग्यो पानीसँग जुध्ने दिन आए
मुरी धान उब्जाउनलाई मानो बीउ छरी
बगाउनु छ पसिनाको खोलो धर्ती भरी
न रातको निन्द्रा अनि न भोक विहानको
फेरि आए दुःखका...
एकलै बस्दा पागल जस्तै हुन्छु कहीले कहीले
आधीरातमा बाेलाएझै सुन्छु कहीले कहीले
सीरानीनै भिज्ने गरी रून्छु कहीले कहीले
एकान्तमा टाेलाएर बस्छु कहीले कहीले
याे मन बिना बाच्न पाए हुन्थ्याे कहीले कहीले !
...