विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच बुधबार पार्टी एकता

साउन, काठमाडौं । विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच बुधबार पार्टी एकता भएको छ । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ र चुनाव चिन्ह तराजु राखिएको छ । नयाँ पार्टीमा रवीन्द्र मिश्र र उज्ववल थापाको...

‘समग्र मधेस एक प्रदेश’ को अजेन्डालाई स्थापित गराउन नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको नेतृत्वमा पुनः बहसमा

काठमाडौं— नयाँ संविधानले अस्वीकार गरेको ‘समग्र मधेस एक प्रदेश’ को अजेन्डालाई स्थापित गराउन नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको नेतृत्वमा पुनः बहसमा ल्याउने प्रयत्न थालिएको छ। समग्र मधेस एक प्रदेशको अजेन्डामा सहमत हुने राजनीति दलबीचको...

माओवादी समीक्षा- ‘जनतामा जान नसक्दा हार्‍यौं’

काठमाडौं- सत्तारुढ माओवादी केन्द्रका प्रदेश इन्चार्जहरूले जम्बो केन्द्रीय समिति भंग गरी संगठनलाई चुस्त दुरुस्त बनाउनका लागि माग गरेका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा जारी निर्वाचन समीक्षा, भावी चुनावी रणनीति र सांगठनिक विषयमा छलफल गर्न बोलाइएको...

वर्षका एघारै महिना सुस्ताउने र असार मसान्त नजिकिएसँगै योजना सक्न हतारिने प्रवृत्ति

विकास निर्माणको जिम्मा पाएका संस्था वर्षका एघारै महिना सुस्ताउने र असार मसान्त नजिकिएसँगै योजना सक्न हतारिने प्रवृत्ति पुरानै हो । यस वर्षपालि पनि यो प्रवृत्ति उस्तै रह्यो । भौतिक निर्माणका काम विगतमा झै यस...

रुपन्देहीको बुटवल मिलनचोकमा बम बिस्फोट

असार,बुटवल । रुपन्देहीको बुटवल मिलनचोकमा बम बिस्फोट भएको छ। राती साढे ९ बजे मिलनचोक नजिकको प्रतिक्षालयमा बम बिस्फोट भएको हो। बिस्फोटमा कुनै मानवीय क्षती भने भएको छैन ।   सुत्ने बेलामा बिस्फोट भएपछि यस क्षेत्रका बासिन्दा त्रसित...

बिराटनगर महानगरमा कांग्रेसको जित, भीम पराजुली बने मेयर

असार, बिराटनगर । बिराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली निर्वाचित भएका छन् । शनिबार मध्यरातमा सकिएको मत गणनामा मेयर र उपमेयर दुबैमा कांग्रेस उम्मेदवार पराजुली र इन्दिरा कार्की विजयी भएका हुन् ।   मेयरमा विजयी...

एमालेले सन्तोषजनक नतिजा आएको प्रारम्भिक समीक्षा

असार, काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसले ३३४ मध्ये १५० वटा तहमा जित्ने अनुमान गरेको थियो । तर, अहिलेसम्म ११७ तहमा मात्रै जित हात पारेको छ । केन्द्रीय सदस्य गुरुराज घिमिरेले अपेक्षा...

कांग्रेसको गढ दाङको लमही पनि एमाले विजयी

दाङको लमही नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस निर्वाचित भएका छन् । मेयरमा एमालेका कुलबहादुर केसी कांग्रेसका मेयर उम्मेदवार जोगराज चौधरीलाई ८३ मतले हराउँदै कांग्रेसको गढ मानिने लमहीमा निर्वाचित भएका हुन्। मेयरमा निर्वाचित...

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा राप्रपाले खाता खोले

असार, झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा राप्रपाले खाता खोलेको छ ।राप्रपाले मुलुककै होचो स्थानको रुपमा चिनिएको झापाको कचनकवल गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा जित निकालेको हो । राप्रपाबाट उम्मेदवार बनेका अन्जार...

इलाममा नेपाली कांग्रेसले खाता खोले

असार, इलाम । इलाममा नेपाली कांग्रेसले खाता खोलेको छ । माङसेबुङ गाउँपालिका अध्यक्षमा जित दर्ता गराएर कांग्रेसले इलाममा विजयी सुरुवात गरेको हो । माङसेबुङमा नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गो ३७५९ मतसहित कांग्रेसलाई जित दिलाउन सफल भएका...