
इतिहास साक्षि छ ककस्ले के के गरे
को यहाँ मरेर बाँचे अनि को ज्युँदै मरे
स्वाभिमान बोलीमा सिमित व्यवहार मगन्ते सरि
थाहा छ देशको नाममा ककस्ले झोली भरे
जनता जनार्दन भनि सत्ताको नजकि पुगे
उम्रनै सदियौं लाग्ने आश्वासनको वीउ...

पश्चातापले जलिरा’छु, भेट्न छिट्टै आउनू
मैले ठूलो भूल गरेछु, मेट्न छिट्टै आउनू
अप्ठ्यारोमा सहयोग गर्नुलाई स्वार्थ ठान्यौ
यही हो मौका सोझोपन लपेट्न छिट्टै आउनू
सोझो रूखलाई सबैभन्दा, पहिले काट्छ मान्छे
अचानोमा राख्छु घाँटी, रेट्न छिट्टै आउनू
साँचो कुरा भन्दा आरोप,...
हिमाल हाँसेको देखेर आकास खुलेको कति राम्रो
हिमचुलीको माथि माथि डाफे डुलेको कति राम्रो
पहाड देखि झर्छन् नदि बगाउँदै मलिलो माटो
तराईका फाँटमा पहेंलै धान झुलेको कति राम्रो
फरक भाषा , भेष तर एकै आमाका सन्तान हामी
भाइचारामा सद्भावको...

...
जवानीमा फकाउँछन् गुलाब देखाएर
बच्चामा फकाउँथे ललीपप देखाएर
मेरो प्यारालाई साहुले मुग्लान पठायो
आकासिँदै गर्या ब्याजको दर देखाएर
बोरा ओडि सुत्नेलाई जिस्काउँदैछ जाडो
दोकानमा राख्या बाक्लो सिरक देखाएर
यस्तो लाग्छ पाप गर भन्दैछन् धर्मभिरु
मन्दिर को मौला अनि रगत देखाएर
हाम्रो जोडि...
नफस्नु साथी अप्ठेरो हुन्छ बिदेसी बाटैमा
पसिना बगाई केही गरि देखाउँ स्वदेसी माटैमा ।
बिरामी पर्दा बिचरा भन्ने कोहि हुन्न पर्देशमा
जन्मेको ठाँउ मरौला त्यहीँ जलौला घाटैमा ।
नरोजौँ महल नदेखौँ सपना अर्का कै मलुकको
झुपडी भित्रै रमाउँला बरु...