
काभ्रे जिल्ला नालाखेत्मा रोपेर नै धान
कृषि पेशा गर्दा पनि तिम्रो थियो सान
कैले बन्यौ किसान त कैल्य बन्यौ गुरु
काठमाडौँ गोंगबुमा ब्यापार भो शुरु //१//
उन्नति र प्रगतिका शिखरमा चढ
सबै क्षेत्र समेटेर अझै अघि बढ
भैरवको भक्त बनि...

काभ्रे जिल्ला उत्तरकाे सानाे छ याे ठाउँ
यसलाई राख्या रैछ नाला भन्ने नाउँ
याे ठाउँकाे वरिपरि हरियाली वन
यहाँ अाई पुगेपछि रमाउने मन ।१।
डाँडापाखा राताम्मे छ लालीगुराँस फूल
कलकल पानी वग्ने खानेपानी मुल
सबै ठाउँ पुगिसक्या माेटरकाे बाटाे
उत्पादन बढी...

रातभरि उसलेे
सम्मान थाप्या्ैै,सम्पन्न भयाेे
जब ब्युुुुझियाे
अाफु लाई एक्लो पायो
रित्तो काेठामा उसले
अाफुलाई निरीह कायर ठान्याेे
किनकि
सम्मान र सम्पन्नता
उसको सपनामा मात्र थियो ।
...

मोदी बा,
स्वागत छ तिमीलाई
मेरो यो हजुरीको अाँगनमा
पहिलो पटक होईन यो दोश्रो नि होईन
तेश्रो पटक हो क्यारे
तिमी अाउदै छौ भनेर
म मेरा झोलिएका घरहरू
लत्रिएका तारहरू
मक्किएका पोलहरू
उप्किएका सडक र बाटोघाटोहरू
राता रात मर्मत गरिरहेको छु
केवल देखाउनका लागि
रंग रोगन...

गजधुम्म बादलले
पानी बाेकेर धर्तिलाई शीतलता दिन्छु
भनेर गड्गडाइरहेछ
तर तराईको रमेश मण्डल र
सुरेन्द्र यादव बाढीले अाफ्नाे जायजेथा लैजाने हाे कि भनेर
अतालिरहेछन्
उता पहाडमा
यम लिम्बू र चिरन राई
पहिराे गएर
खेतका गरा र बारीका कान्ला भत्किने हुन कि भनेर
थरथर कामीरहेछन्
उता...

मुरलीको धुन सुनेर उहीँ गफाडी यार सम्झे।
प्रस्ताव पेश नै नगरेको अधुरो प्यार सम्झे।।
छोटामिठा बितेका केही रमाइला पल सम्झे।
साथसाथै बिधाताको नमिठो त्यो छल सम्झे।
भेटेर उ सँग बोल्ने मनको सानो रहर सम्झे।
अनायासै तर फेरि छुट्टिनु नै...

माया प्रीति त्यस्तो हो गहिरोको सिमा हुन्न
गाह्रो साह्रो अप्ठ्यारो पहिरोको सिमा हुन्न
तैपनि बाच्छ उ आनन्द सोची भबिस्यको
ईष्र्या गर्छन् सहन्छु,खोइरोको सिमा हुन्न!!
...

महाशय,
मलाई यस्तो लाेभ
अाइन्दा नदेखाउनू
म संस्कृति हराएको सभ्यता र
प्रसन्नता विनाको सुविधा
पटक्कै मन पराउँदिनँ
भयो, बढी तनाव नदिनू
म तिम्रो नक्कली उत्पादनकाे
खास उपभोक्ता बन्न सक्दिनँ ।
...

रारा सौंदर्यकी धनी तिमी
कहिले नीरजस्तै निलो बनिदिन्छ्यौ
कहिले पन्नाजस्तै हरियो बनिदिन्छ्यौ
तिमी कति छिटो छिटो रंग बदलिरहन्छ्यौ
अनि सबैको मनलाई त्यसै त्यसै हरिदिन्छ्यौ।
रारा तिमी कति शान्त ठाउमा
अनि कति रमणिय ठाउँमा
मलाई त ईष्या नै लाग्यो
तिमी बसेको ठाउँ
अनि तिम्रो...

डुक्रदैछौ प्रचण्ड र खड्ग प्रसाद ओली
तिम्रो हुङ्कार हेरेकै छौं नबोली नबोली
एकता नै गर्दैछौ रे आज हो कि भोलि
देख्न हाम्ले नपरोस् है च्यातिएको चोली।
एउटाले उखान टुक्का अर्को चाँहीले गोली
जनतासामु थापेकैहौ मनचिन्ते झोली
कोहिले दिए डराइ डराइ...